पानी अभियानमा ऐक्यवद्दता

इनेप्लिज २०७३ माघ २३ गते २:५२ मा प्रकाशित

 

खेतमा कुलो बगोस ,, आँगनीमा धारो
छर्न पाइयोस् समयमै, मुखा लाग्ने चारो

सुनपुरको ब्यथा आज, भोलि पूर्ब दुख्ला
प्रकृतिको लिला यस्तै, सबैलाई  पर्ला गारो

हातेमालो गरौँ आज ,, भोलि खनौं कुलो
जमिन भयो बन्जर,,  पत्थर भन्दा सारो

एक थुकी सुकी भन्छन्,, सय थुकी नदी
घोगा लाग्ला मकैबोटमा, खडेरीले थारो

अभियानले शिखर चुमोस्, दाङ्ग हरियाली
खेत्खेतमा कुलो बगोस्  आङ्गनीमा धारो

प्रतिक्रिया