एन आर एन यू यस ए च्याप्टर अध्यक्षहरू जुर्मुराय !

इनेप्लिज २०७३ माघ २४ गते ३:१९ मा प्रकाशित

अमेरीकाका विभिन्न बाह्र च्याप्टरहरूको सहभागिता रहेको अनकल बैठक यही फेब्रूवरी ३,२०१७ मा सम्पन्न भएको छ। मेरील्याण्ड च्याप्टर अध्यक्ष- श्री जेदु पोखरेलको संयोजनमा सम्पन्न उक्त बैठकमा निम्नानुसारको उपस्थिती थियो ।

१-श्री इश्वरी भट्ट, अध्यक्ष न्यूह्यामसर

२ श्री  रेवती  राज अधिकारी अध्यक्ष नर्थ क्यारोलाइना

३-श्री तेम्बा शेर्पा अध्यक्ष – न्यूयोर्क

४-श्री जगनलाल श्रेष्ठ अध्यक्ष – मिचिगन

५-श्री वासुदेव खनाल अध्यक्ष -कोलोराडो

६-श्री पूर्ण वॉनिया अध्यक्ष- क्यालिफोर्निया

७-श्री उत्तम लामिछाने अध्यक्ष- टेक्सास

८-श्री सुमन वस्ती अध्यक्ष – इलिनोइज

९-श्री दया शाक्य उपाध्यक्ष – अोरेगन

१०-श्री सुनील राज कर्णिकार सचिव -ओरेगनले

व्यापक वहस तथा छलफल पस्चात एक मतले निम्न निर्णयहरू गरेको छ ।

१, सबै राज्यहरूमा व्यापक रूपमा सदस्यता अभियान संचालन गर्ने र सकेसम्म आजीवन सदस्य वन्न जनमानसलाइ प्रेरित गर्ने ।

२, आगामी मार्च १७ तारीख़ शुक्रवार ,२०१७ मा एनआरएन युएसएको  च्याप्टरहरुको  भेला न्यूह्यामसायरका अध्यक्ष श्री इश्वरी भट्टको आयोजनामा   न्यूह्यामसायरमानै गर्ने र द्वितीय भेला अप्रिलमा अोरेगनमा  गर्ने।

३, तेस्रो बुँदामा छलफल गर्दै सम्पूर्ण च्याप्टरहरू एकवध्द भै अगाडि बढ्ने र भविष्यमा च्याप्टरको विकास , संबर्धन र प्रवर्धनमा जोड दिने निर्णय यर्यो।

४, वैठकले आगामी केन्दिय निर्वाचनका वारेमा गहन छलफल गरिनुकासाथै राष्ट्रीय कमिटीको निर्वाचनमा उठ्न चाहनु हुने साथी भाईहरूको मनासय वुझ्यो र एक आपसमा सहयोग गर्ने प्रतिवध्दता जाहेर गर्यो।

५,,बैठकमा निम्न लिखित च्याप्टर अध्यक्षहरूले राष्ट्रीय कमिटीमा उमेदवारी दिने ईच्छा  ब्यक्त गरेअनुसार बैठकमा उपस्थित साथीहरूले तन,मन,बचन र कर्मले खुलेरै एकढिक्का भई सहयोग गर्ने प्रतिबध्दता जाहेर गरीयो ।

प्रत्याशी अध्यक्षको उमेदवार -श्री  तेम्बा शेर्पा अध्यक्ष -न्यूयोर्क च्याप्टर

प्रत्याशी बरिष्ठ उपाध्यक्ष  पूर्ण वानियॉ अध्यक्ष -क्यालिफोर्निया च्याप्टर

उपाध्यक्षको उमेदवार जेदु पोख्रेल अध्यक्ष- मेरील्याण्ड च्याप्टर

प्रत्याशी सचिवको उमेदवार – श्री रेवती  राज अधिकारी अध्यक्ष- नर्थ क्यारोलिना

श्री उत्तम लामिछाने -अध्यक्ष टेक्सास लगायत केही अध्यक्षहरूले आफ्नो उमेदवारी पछि निर्धारण गर्ने बताउनु भएको छ ।

६, बैठकले आगामी दिनहरूमा कार्य सम्पादन गर्न सजिलोकोलागि निम्न लिखित एक सचिवालयको स्थापना गरेको छ। जस्मा, संयोजक- श्री  जेदु पोख्रेल अध्यक्ष मेरील्याड च्याप्टर ।

प्रवक्ता -श्री इश्वरी भट्ट- अध्यक्ष न्यूह्यामसायर च्याप्टर ।

सदस्य -श्री सुमन वस्ती – अध्यक्ष ईलोनोय

सदस्य–श्री  उत्तम लामिछाने अध्यक्ष टेक्सास।

सदस्य-श्री दया शाक्य उपाध्यक्ष ओरेगन रहनु भएको छ।

(स्मरण रहोस -:थप दुई कनेक्टिकट र जर्जिया च्याप्टरबाट ब्याक्तिगत कारणवस उक्त बैठकमा उपस्थित हुन नसकेको तर उक्त निर्णयहरुलाई आफ्नो समर्थन भएको जानकारी गराउनु भएको छ ।)

यसरी सवै च्याप्टर अध्यक्षहरू एक भै अगाडि बढेको खण्डमा अमेरीकाको एनआर एनको भविष्यमा काया पलट हुने दोखिन्छ।

श्री इश्वरी भट्ट

प्रतिक्रिया