प्रमोद खरेलको स्वरमा नरोउ भन्नेलेनै सार्वजनिक । (भिडियो सहित)

इनेप्लिज २०७३ माघ २४ गते १३:४४ मा प्रकाशित

 

प्रमोद खरेलको स्वर , कबिता धितालको शब्द अनि राज कुमारको संगीतमा नरोउ भन्नेलेनै रुवाइ गयो र त बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा  धर्मेन्द्र चन्द ,  दिपशिखा खड्का र उमेशको  अभिनय, मुकेश  हुमागाइको छायाँकन , सुजन शाहीको सम्पादन अनि  कजिश श्रेष्ठको निर्देशन रहेको छ ।

प्रकाश धिताल (ज्याक)को प्रस्तुती रहेको गीत तथा  राजकुमार सुनाम तथा बाराही म्युजिकले बजार ब्यबस्थापन गरेका छन ।  गोदावरी लगायत काठमाडौंको बिभिन्न भागमा छायाँकन गरिएको गीतलाई दर्शक श्रोताले मन पराउने आशा गरिएको छ।

प्रतिक्रिया