अरबको कथा र बास्तबिकता —म !!!!!

इनेप्लिज २०७३ माघ २४ गते १३:५२ मा प्रकाशित
तलब आएको पहिलो शुक्रबार को बिहानी,करीब ७ बजे मोबाइल बज्यो !आँखा चिम्सो पार्दै हेरें- उनै को थ्यो ! उनि’ अर्थात ‘फूलमाया’ ! एउटा क्लिनिङ्ग कम्पनि मा काम गर्छिन उनि ! स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें ! ”सुतिराख्या हो ? सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे, ८ बजे सम्म मा पुगिन्छ होला !
छिट्टो उठेर आउनुस है…” !!हतार हतार उठेर नुहाइधुवाइ गर्न थालें ! कुनै टुंगो हुदैन उनीहरुको,कैले सफारी, कैले लुलु कैले क्यरिफोर,कैले सफारी मल कैले कहाँ, हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरु लाइ ! त्यहीं हो भेट्ने !! निर्धारित समय मा ‘सफारी मल’ पुगें, एउटा पुरानो TATA को बस बाट एक हुल महिला उत्रिए, हरेक का कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए, कोइ हात समातेर ‘मल’ भित्र पसे, कसैले आफ्नो गाडी मा बसाएर लागे ! रित्तो बस फर्कियो भरे ४ घण्टा पछि लिन फर्किने शर्त मा ! म आफु संग गाडी नहुने मध्यको परें, उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो ! एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म उनको पछि पछि लागें, उनि आफुलाई चाहिएको समान/कपडा हेर्दै छान्दै ट्रली मा राख्थिन, म उनको पछि पछि ट्रली गुडाउदै हिड्छु !हामी कुराकानी पनि गर्छौ, यहाँ का, कम्पनि का, साथी भाइ का, घर परिवार का, भबिस्य का, माया ‘पिरिम’ का पनि कुरा गर्छौं, भबिस्य का योजना नि बुनिन्छ्न कैले कहिँ ! मल गज्जब को छ, म दङ्ग छु, साथ मा उनि छिन, भित्रै रेष्टुरेन्ट छ, खाजा नास्ता खान्छौ हामी, अरुको आँखा छलेर यता उता चोर नजर डुलाउदै, म उनको हात समाउछु, उनि लजाए झैँ गर्छिन !यस्तै मा समय बित्छ, उनले गाडी आउने बेला भाको जनाउ दिन्छिन,म फेरी ट्रली गुडाउछु, उनि अघि अघि लम्किन्छिन ! ट्रली लिएर म काउन्टर मा लाइन बस्छु, उनि बाहिर निस्केर साथीहरु लाइ फोन गर्छिन, म उनको सपिङ्ग को ‘बिल’ चुक्ता गरेर बाहिर निस्किन्छु !
उनका समान लाइ झोला भरि प्याक गरेर आफै बोकेर गाडी सम्म पुर्याई दिन्छु, उनि लाग्छिन आफ्नै गन्तब्य मा,म फर्किन्छु कोठा तिर ! टेक्सी चढ्ने सम्म को पैसा बाँकि नहुदा लुरु लुरु हिडेरै फर्किन्छु कोठा सम्म ! साँझ उनको म्यासेज आउँछ ! लब यु, मिस यु ….यस्तै यस्तै ! दिन भरि काम मा साँझ मा उनको याद मा, कैले कहीं फोन मा,दिन यत्ति कै बित्छ ! प्रायः दिन बिराई बिराई उनको फोन आउँछ, सुन्नु न, मोबाइल मा ब्यालेन्स, छैन, यहाँ नजिकै किन्न पाइदैन, लु न केहि गर्दिनु ..’ कैले रिचार्ज कार्ड को नम्बर दिन्छु, कैले ब्यालेन्स ट्रान्सफर ! दिन हप्ता यसरीनै बित्छन ! फेरी एक दिन बिहीबारे साँझ, उनको मिसकल आउँछ ! म कलब्याक गर्छु,‘सुन्नु न, भोलि हाम्रो छुट्टी हुदैन, ओभर टाइम चल्छ, भोलि भेट्न नपाइने भयो..’ !
‘ठिकै छ नि, अर्को हप्ता भेट्ने नि, काम परेको बेला काम गर न..’ म सम्झाउछु उनलाई !फोन मै माया पिरिम शुरु हुन्छ अनि खत्तम पनि ! मेरो बारेमा सप्पै बुझ्छिन बिचरी, मैले मात्र हो ढिलो बुझ्ने भनेको ! मेरो तलब तएकै हप्ता मा सक्कियो, अर्को हप्ता अर्कै को तलब आउँछ, मैले सफारी मा उनको ट्रली गुडाएं, अर्को ले क्यरिफोर मा ट्रली गुडाउदै थ्यो, जब जब उनको ‘ओभरटाइम’ चल्छ, तब तब अर्कै ले ‘ट्रली’ गुडाउछ ! कतै तपाई पनि ट्रली डोर्याउ दै त हुनुन्ना विचार गर्नुस ट्रली र भबिस्य के मा ??

प्रतिक्रिया