“…अर्काको देशमा मन्दिर बनाउनु भनेको राज्य जित्नु बराबर हो” -उज्ज्वल ठकुरी, कराँते खेलाडी

इनेप्लिज २०७३ माघ २८ गते २१:५६ मा प्रकाशित

 

“न यी नेता भन्ने जातले गर्छ।
न त भ्रष्ट भएर खाको भातले गर्छ।।
गर्छ त आफ्नो देशको झन्डा उठाउने हातहरुले अनि
भगवानमा बिश्वाश राख्ने दरिलो मुटुको  आँटले गर्छ।।”

म हत्तपत्त कहिल्यै पनि कसैको बखान गर्दिन। त्यसमाथि अमेरिकामा रहेको नेपाली संघ संस्थाहरुमा हुने चलखेललाई नजिकैबाट देखे भोगे पछि त झन् बखानको “ब” त हैन गालीको भण्डार नै निस्कन्छ कहिले कहिँ। यस्तो भन्दै गर्दा सबै जना नै तेस्तो नै हो भनेको चाहिँ पक्कै होइन नि है.. तर, केहि गूट/ समूहहरु यस्ता छन् जसलाई अमेरिकामा पैसा अनि कुर्सि नै ठुलो भन्ने ठान्दछन् । अहिलेको २१ औं शताब्दीको अन्त्यमा आईसकेको समाजमा पैसा र कुर्सि त्यो पनि अमेरिका जस्तो देशमा अनि त्यस माथि विभिन्न बहानामा नेपाल आमाको नाम समेत बेचेर आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ती गर्न भ्याइनभ्याई छन्। ल भन्नुहोस् तपाईं के भन्नूहुन्छ यस्ता ब्यक्ति, गुट वा समुहहरुलाई ??

म त त्यस्ताहरुलाई देश र समाज कै भाईरस भन्ने गर्छु अनर्थ नलागोस मैले त्यस्ता ब्यक्ति र जमातहरुलाई मात्र भन्न खोजेको हुँ, जसले यो वा त्यो संघसंस्था खोली मानव तस्करीको प्रयास गर्छन्,  नेपाल र नेपालीको सहयोगको नाममा उठाएको सहयोग रकम समेत गायव गर्न पछि पर्दैनन्, अनि बिदेशमा हामी नेपालीहरुलाई मर्दा पर्दा सहयोग गर्ने भनेर संस्था खोलेर नेपालको कु-राजनीतिको अड्डा बनाउँछन र “नेपाल” आमा र हामी सम्पुर्ण नेपाली दाजुभाइहरु कै नाम र इज्जतलाई समय समयमा बदनाम गराउन र विकाउन समेत एकरत्ति हिचघिच्याउँदैनन्।

यस्तै माहोल र खिचातानीमा पिल्छिएको मेरो करिव १५ बर्षको अमेरिकी बसाईमा आज भने एउटा घटनाको दिल खोलेर प्रसंसा गर्न मन लगेको छ। जिवनमा पहिलो चोटि यी बहादुर युवाहरुलाई धन्यबाद दिनु मन लागेको छ र उनीहरुसंगै काँधमा काँध मिलाएर आफुले सक्दो साथ र सहयोग गर्न मन लागेको छ। भगवान पशुपतिनाथको कसम खाएर भन्दैछु, आज साँच्चै मेरो शिर गर्वले उठेको छ किनकी जब परदेशमा पनि आफ्नो भाषा, धर्मको संरक्षण गर्दै भावी सन्ततिहरुका लागि भनेर संवत्: स्फुर्त युवाहरु परिचालन भएका छन् । नेपालीहरुको बहादुर छन्, हाम्रो पुर्खाहरुको बिरताको गौरवशाली ईतिहास विश्व सामु अझै ताजा छ यसरी नै आज फेरि समयसंगै परदेशमा रहेका नेपालीहरुले दिनप्रतिदिन विभिन्न गौरवका कामहरु गर्दै अर्को बेग्लै इतिहासहरु रच्दैछन्। त्यस मध्येको एक महान काम आज बिश्वको शक्तिशाली देश अमेरिकाको  मेरील्याण्ड राज्यका युवा स्वयंसेवकहरुले आफ्नै पहलमा मन्दिर बनाउन एक जुट एक प्राण भएर लागेको देख्दा कसम पहिलो चोटी मेरो छाती गर्वले फुलेर आएको छ।

हो, म मेरिल्याण्डका युवा स्वयंसेवकहरुले शुरु गरेको त्यही मन्दिर निर्माणको महाअभियानको कुरा गर्दै छु। यो र त्यो बहानामा ओहदामा बर्षौं लुलुप्त हुने अनि सिंन्को नभाँच्ने पदाधिकारीहरुको गतिविधिहरुलाई चुनौती दिँदै यस्ता मंच  र भाषणहरुमा रमाएर हिड्ने कुरितिहरुलाई आगो लगाएर खरानी बनाईदिएको छ।

यसरी उदाउँदैछ नयाँ बिहानीको शुरुआत, जसले भोलिको दिन यी र यस्ता संघसंस्थामा बसेर काम गर्ने स्वयंसेवक हरुलाई अंकुश लगाउने अनि निर्देशन र आश्वासनको भरमा राज गर्न खोज्नेहरुले मुख लुकाएर हिड्नु पर्ने दिन पनि चाँडै आउन सक्छ। जुन दिन यो मन्दिरले सम्पुर्ण मेरिल्याण्डवासी तपाईं हामीलाई स्वागत गर्नेछ त्यो दिन यी स्वयंसेवकहरुद्वारा एउटा विशाल राज्य जिते सरह मानौं पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे जस्तै एक एतिहासिक हुनेछ। त्यसैले म भन्छु-“…अर्काको देशमा मन्दिर बनाउनु भनेको राज्य जित्नु बराबर हो।”

जय नेपाल! सलाम ! नमस्कार! यी मन्दिर बनाउने अभियानमा लागेका प्रत्येक स्वयंसेवक युवाहरुलाई ।
यो मन्दिर मात्रको निर्माण हैन, यो हाम्रो धर्मको संरक्षण हो, भाषाको संरक्षण हो, यो हाम्रो र हाम्रा सन्ततिहरुको पहिचानको संरक्षण हो, अझै भनौं भने यो समग्र नेपाल र  नेपालीको संरक्षण हो।

ती सम्पुर्ण बहादुर स्वयंसेवक युवाहरुलाई अनि सारा सहयोगी हातहरुलाई  समर्पित गर्दै मरो यो सानो चार लाइनको लेख मार्फत हार्दिक धन्यवाद अनि दुई हात जोडेर सबैलाई नमस्कार !!

आउनुहोस् , हामी सवै मिलि यस महाअभियानमा आफुले सक्दो साथ र सहयोग गरौं।
#DONATE_NOW!!
https://www.gofundme.com/sxjcw4

उज्ज्वल ठकुरी, कराँते खेलाडी

प्रतिक्रिया