जीवनका रंगहरु ( Colors of Life)

इनेप्लिज २०७३ माघ २९ गते १:२९ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्नु हुने मनोज प्रधान एवम् डा. सुषमा प्रधान l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१. जीवन (Life) के हो ?
– सप्तरंगी सपना हो |
२. खुशी (Happiness) के हो ?
– मन र मस्तिष्कको हर्षोलासको प्रश्फुरण |
३. कर्तब्य (Responsibility) के हो ?
– जिम्मेवारी पूर्बक काम गर्नु कर्तब्य हो |
४. सम्बन्ध (Relationship) के हो ?
– जिउनु को आधार |
५. आत्मियता (Intimacy) के हो ?
– समयहीन, भूगोल बिहीन हार्दिक सम्बन्ध जसको सम्झनाले पनि मन आनन्दमयी हुन्छ |

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रतिक्रिया