न्युयोर्क फेसन शोमा नेपाल झल्कने

इनेप्लिज २०७३ माघ २९ गते १२:२७ मा प्रकाशित

 

न्युयार्क । सांस्कृतिक र प्राकृतिक रुपले सुन्दर देश नेपालको विविधतालाई यस बर्षको ‘न्युयोर्क फेसन विक सीजन ३’ मा झल्काइने भएको छ । नेपाल करिब १५ जनजातिको भेषभूषालाई न्युयोर्क फेसन शोमा प्रदर्शन गरिने छ । वल्र्ड फेसन शोको आयोजनामा हुने उक्त फेसन शोमा नेपाली फेशन डिजाइनर पुनम क्षेत्री गौतमले डिजाइन गर्नुभएको छ ।
शेर्पा, तामाङ, थारुलगायत विभिन्न जनजातिको भेषभूषालाई फेसन शोमा देखाइन लागेको वल्र्ड फेसन शोका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजा घिमिरेले जनाउनुभयो । उक्त फेसन शोमा नेपालमा मोडल जाङ्बु शेर्पाले मोडलिङ गर्नुहुनेछ । वल्र्ड फेशनले यसअघि पञ्चकन्या र दौरा सरुवाल झल्काउने र फेसन फर पिस भन्दै कार्यक्रम आयेजना गरेको थियो । यस बर्ष भने फरक र विशेष ढंगले यो फेसन शो आयेजना हुन लागेको शुक्रार आयोजित पत्रकार सम्मेलनमा घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया