अनेसास विधान संशोधन सुझाव समिति र कथा संग्रह सम्पादन समिति गठन

इनेप्लिज २०७३ फागुन १ गते २२:४० मा प्रकाशित

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डा. तारा निरौलाको संयोजकत्वमा पांच सदस्यीय अनेसास विधान संशोधन सुझाव समिति गठन गरेको छ । उक्त समितिमा अनेसास ट्रष्टी सदस्य डा. विजयराज शर्मा, पूर्ब उपाध्यक्ष राम खत्री, पूर्ब बिधान संशोधन सुझाब समितिका सदस्य धनिराम सापकोटा र साहित्यकार तथा अनेसास इजरायल च्याप्टरकी महासचिब निशा अर्याल रहेका छन् । समितिले आजीवन तथा ट्रष्टी सदस्यहरू, साहित्यकारहरु, च्याप्टरका पदाधिकारीहरु र अनेसासलाई मायाँ गर्ने महानुभाबहरुको सुझाब संकलन गरी वर्तमान विधानलाई समय सापेक्ष बनाउन आवश्यक पर्ने सुझावहरु केन्द्रीय कार्यसमितिमा पेश गर्ने छ ।

 

यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली साहित्यका उत्कृष्ट छोटा कथाहरु संकलन, अनुबाद तथा प्रकाशन गर्ने उद्देश्यले पाँच सदस्यीय सम्पादन समिति गठन गरेको छ । सो समितिमा समालोचक लिला लुइँटेल, अनेसासका अध्यक्ष श्री पदम विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, महासचिब गोबर्धन पूजा र त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक महेश पौड्याल रहेका छन् । केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णयहरु गरेको हो ।

प्रतिक्रिया