सगुनमा ७२ घण्टा भित्र १० लाख डलर लगानी

इनेप्लिज २०७३ फागुन २ गते १२:२९ मा प्रकाशित

सगुनले मिनी आइपीओको सार्बजनिक घोषणा गरेको ७२ घण्टा नबित्दै लगानी कर्ताहरुले करिब १० लाख डलरको लगानी गरि सकेको सगुनले जनाएको छ l सगुनले गत फेब्रुअरी ९ तारिख विधिवत रुपमा सर्बसाधारणको लागि मिनी आइपीओमार्फत बिश्वबजारमा २ करोड डलरको सेयर निस्कासन गरेको थियो l

सगुनमा १ हजारभन्दा बढीले लगानी गरेका छन् । ७२ घन्टा नवित्दै ठुलो रकमको आवेदन परेकामा संचालकहरु उत्साहित भएका छन् भने लक्ष्य छिट्टै प्राप्त गर्ने सम्भावना भएको बताएका छन् l

अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक रुपमा सहभागि भएको सगुनका संचालकले बताएका छन् l हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्ने हुन्छ l

सेयरको विश्व बजारमा नेपालीले स्थापना गरेको सगुनमा प्रवासमा रहेका नेपालीले लगानी गर्न पाउनु राम्रो अबसर पनि हो । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा लगानी भित्र्याउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया