बेलायतमा गोर्खा रेजिमेन्टका यातायात विभागले प्रेम दिवश मनाए

इनेप्लिज २०७३ फागुन ३ गते २३:१९ मा प्रकाशित

 

लण्डन,फाल्गुन ४ । केन्ट फोक्स्टनस्थित दोस्रो गोर्खा रेजिमेन्टका यातायात विभागले डोभर नेप्लीज कम्युनिटी हलमा प्रेम दिवशको उपलक्ष्यमा भव्य कार्यक्रम सम्पन्न गरेका छन् ।

प्रेमका कारण मृत्युवरण गरेका सन्त भ्यालेन्टाइनको स्मृतिमा विश्वभरका प्रेमी प्रेमिकाहरुले फेब्रुवरी १४ तारिखका दिन भ्यालेन्टाइन डेलाई प्रेम दिवसका रूपमा मान्ने गर्छन्। यसै अवसरमा यातायात विभागले बार्षिकत्सव कार्यक्रम गर्दै ‘प्रेम दिवश’ मनाएको हो । भ्यालेन्टाइन डे पश्चिमी देशका संस्कृति भएपनि बेलायतमा रहेका नेपाली समुदायमा निकै लोकप्रियता बढ्दै गईरहेको छ ।

उक्त रेजिमेन्टका आतायात प्रमुख सहसेनानी कृष्ण लोकसमको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि वारेन्ट अफिसर सन्तोष राई र कृष्ण योङ्गहाङ्ग साथै दुई दर्जन भन्दा बढि युगल जोडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित जोडीहरुले भ्यालेन्टाइन रंङ्गिचंङ्गी फुल र सोहि अनुरुपको रंङ्गले हललाई सजाईएको देख्दा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमको मध्यतिर विभागका सार्जन्ट रिचर्ड गुरुङ्ग,कर्पोल रमेश तामाङ्ग, सोहि कम्पनीका वारेन्ट अफिसर कृष्ण योङ्गहाङ्गलाई पदोनन्ति भएकोमा यातायात प्रमुख सहसेनानी लोकसमले बधाई ज्ञापन गरेका थिए । उनले सार्जन्ट तामाङ्गले व्रिगेड अफ गोर्खाजलाई दिएको योगदानको कदर गर्दै २२ बर्ष कार्यअवधि पुरा गरी आगमी महिना अवकाश लिईरहेकोमा अफिसर लोकसमले शुभकामना दिएका थिए।

सार्जन्ट चित्र तामाङ्ग सेकेन्ड बटालियन द रोयल गोर्खा राइफल्सको यातायात विभागको सेकेन्ड ईन कमाण्ड गरीरहेका थिए । संखुवासभा स्यावुन गाविस ७ ओत्तेनमा जन्मिएका तामाङ्गले जील्लाका चर्चित गाविस धुपुको जन ज्योति माध्यमिक विद्यालयबाट पहिलो श्रेणिमा प्रवेशीका उतिर्ण गर्न साथ वि.स. २०५१ सालमा व्रिगेड अफ गोर्खाजमा भर्ति भएका हुन्।

सार्जन्ट तामाङ्गका व्याजीहरु वि. स. २०५१ सालमा व्रिगेड अफ गोर्खाज भर्ति भएर बेलायत अल्डरसटस्थित तालिम केन्द्र चर्चकु्रखममा पहिलो तालिम गर्ने ईन्टेक हुन् । यस अघि व्रिगेड अफ गोर्खाजको तालिम केन्द्र हङ्गकङ्गमा थियो ।

सन् १९९९ मा भर्ति भएका ईन्टेक ९९ले उक्त स्थानमा अन्तिम तालिम गरेका थिए । उक्त बर्ष तालिम केन्द्रको उत्कृष्ट स्थानको उपाधि वान प्लटुन वान सेक्सन्ले चुमेको थियो भने टेनिङ्ग राईफलम्यान नविन गुरुङ्गले च्याम्पियन रेगरुटको उपाधि चुमेका थिए ।

तामाङ्गका व्याजीहरु १५३ मध्ये उच्च अधिकृत पदमा दोस्रो गोर्खा रेजिमेन्टका सखुवासभा निवासी छत्र लिङ्गथेप र ईलाम निवासी नवल किरण याख्खा गत साल सहसेनानी पदमा पहिलो चरणमा पदोन्नती भएका छन् ।

प्रतिक्रिया