गायिका कोमल वलीले राजीनामा दिइन्

इनेप्लिज २०७३ फागुन ४ गते २३:१२ मा प्रकाशित

 

काठमाडौं । गायिका कोमल वलीले रेडियो नेपालबाट राजीनामा दिएकी छन् । राप्रपामा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी ओलीलाई रेडियोले स्पष्टिकरण सोधेपछि उनले वर्षाै पुरानो जागिर छाड्ने निर्णय गर्दै राजीनामा पत्र बुझाएकी हुन् ।

स्पष्टिकरणका क्रममा उनलाई राजनीति वा जागिरमध्ये एक रोज्नुपर्ने भनेपछि उनले राजनीतिलाई रोजिन् । रेडियो नेपालमा अधिकृत स्तर भन्दा माथिल्लो तहका कर्मचारीले राजनीतिमा भाग लिन नपाउने नियम छ । वली अहिले राप्रपाको केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया