यूवा गायक जगदिश समालको नया नेपाली पप गीत “देउन “अमेरिकामा सार्बजनिक

इनेप्लिज २०७३ फागुन ५ गते १:१३ मा प्रकाशित

यूवा गायक जगदिश समालको फरक प्रस्तुतिको नया नेपाली पप गीत देउन अमेरिकाबाट सार्बजनिक भएको छ l अमेरिका बाट प्रेम दिवस फेब्रुअरी १४ ,२०१७ तारिखको दिन गायक जगदीश समालको उक्त नया गीत सार्बजनिक गरिएको हो l गीतको छायांकन अमेरिकामा गरिएको छ l

उनले झन्डै पाँच बर्ष पछि उनको नया गित आएको हो l शब्द तथा संगीत दावा शेर्पाको रहेको छ भने शेर्पाले झन्डै १ दशक पछि प्रस्तुति गरेका छन l दावा शेर्पा को छम छम ,आँशु झारदिन लगायत धेरै गीतमा संगीत दिई सकेका छन् भने उनका थुप्रै चर्चित गीतहरु रहेका छन् l

नेपाली संगीत उद्योग मै सवै भन्दा धेरै संगीत भिडियोहरु सफल निर्देशन गरेका भिडियो निर्देशक प्रशन्न पौडेलको क्यामरा तथा निर्देशन रहेको छ l गीतमा अभिनयको भूमिकामा प्राप्ति तथा प्रख्यात मोडल (प्रतिमान) विवेक रहेका छन् l

विवेक यहि गीतको लागि नेपाल बाट अमेरिका आएका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन्

प्रतिक्रिया