फेब्रुअरी महिनाको अन्तिम दिन पानी अभियानको नारा सबैले बुलन्द पारौ

इनेप्लिज २०७३ फागुन ५ गते २३:०४ मा प्रकाशित
हार्दिक अपिल
यहि फेब्रुअरी महिनाको अन्तिम दिन नेपाली महिना  फागुन १७ गते पानी अभियान शुरु भएको एक वर्ष हुदैछ । मैले यो एक वर्षमा झन्डै हजार पटक पानी अभियानको नारा पोस्ट गरे  अभियानमा झन्डै  28 लाखको प्रतिबद्धता पनि आइसकेको छ ।सरकारलाई दबाब दिनको लागि र  हामी हरेक व्यक्तिहरूलाई पानी बारे सोच्नको लागि कृपया उक्त  दिन  लेखेर बोलेर  ” हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् ” भन्ने नारा व्यापक गराइ पानी अभियानलाई महा अभियान बनाइदिनुहुन  देश निर्माणमा तिर्खाएका आत्माहरुलाई पानी पिलाउने अभियानमा साथ दिन  हार्दिक अनुरोध गर्दछु ।  कृपया वर्षमा मात्र एक दिन भए पनि यो पानी यात्रीलाई हौसला दिएर नारा सफल पार्न भुमिका खेलिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यात्रा धेरै लामो छ तर आशा छ तपाइहरुको साथ पाउनेछु । समाजका हरेक तह र तप्काका समुदायले साथ दिदै  पानी अभियानलाई सार्थक तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिदिनुहुनेछ ।  हामी एक दिन धेरै  ठाउँहरुमा सफल हुनेछौ ।  तपाइहरुको साथले पानी अभियान शुरूवात भएको सुनपुर  गाउँ सफल पारिसकेपछि   धेरै ठाउँ नारा सफल पार्नुछ ।  आशा छ फेब्रुअरी अन्तिम दिन पानी अभियानलाई माया  गर्ने व्यक्तिहरूले ” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ।” नारा विभिन्न माध्यम द्दारा प्रसारित गर्दै सरकारहरुलाई दबाब दिने काम गर्नु हुनेछ । ” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ” हरेक माध्यमबाट  बाझो जग्गाहरुको तस्बिर राखेर सुख्खा गाउँहरुको तस्बिर राखेर यो अभियानको नारा सफल पार्न सरकारहरुलाई दबाब दिन पनि विभिन्न सामाजिज संजाल मिडिया मार्फत अनुरोध गर्दछु ।
फेब्रुअरी अन्तिम दिन
मिडियाहरुले पानी अभियानको नारा ” हरेक घरमा धारो  होस् , हरेक गाउँ सिंचाइ होस् ” क्यप्सनमा राखिदिनुहुन हार्दिक अनुरोध ।
पत्रकारहरुले विभिन्न ठाउँमा पानी पीडा बारे आफ्नो अनुभव राखेर पानी अभियानलाई महाअभियान बनाउन अनुरोध ।
ट्वीटर फेसबूक चलाउनेहरुले उक्त दिन आफ्नो गाउँ ठाउँ  एवम आफुले भोगेका पानी सम्बन्धि पिडाहरु प्रस्तुत गर्नहुन अनुरोध साथै  यथार्थपरक सत्यतामा आधारित सुख्खा गाउँहरुको फोटो एवम आफ्नो विचार राख्दै नारा बुलन्द गर्न अनुरोध ।
हामी सबै मिले सम्भव छ । आउनुस हातमा हात मिलाएर नारा सफल पारौ ।
कृपया पानी अभियान महाअभियान बनाएर समाजको परिवर्तन गरौ । हामी सफल हुनेछौ । देशको अनुहार बदलिनेछ ।  यो युग रगत बगाउने युग होइन आसुमा  गाउँ डुबाउने युग होइन । बरु पानी बगाउने युग हो । हरेक घर धारो , हरेक गाउँ सिंचाइ निर्माण गर्ने युग हो ।

आशा छ तपाइहरुको सदभाव प्रेरणाले पानी अभियान महाभियान बनेर सुख्खा गाउँहरुले पानी पाउनेछन् । हरेक घरमा पानी धारो  निर्माण हुनेछन् ।हामी नारा केही गाउँहरुमा सफल पार्दै अगाडि बढ्नेछौ ।

मित्रलाल पार्दे
पानी अभियानकर्ता

प्रतिक्रिया