सिन्धुलीको दलित बस्तिमा विद्यालय निर्माणको लागि ह्युस्टनमा सांस्कृतिक कार्यक्रम गरिने

इनेप्लिज २०७३ फागुन ६ गते २:१५ मा प्रकाशित

विजय थापा

नेपाली आप्रवासी विद्यार्थीको सहयोग र हितमा कार्य संचालन गर्ने हेतुले निर्मित नेपाली ह्युस्टन युनीयन संस्थाले आगामी फेब्रुअरी १९ तारिखको दिन ह्युस्टन टेक्सासमा भव्य रुपमा नेपाली सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । आइसिइएफ इन्टरनेशनल क्रियसन एण्ड इक्वालीटी फाउण्डेशन तथा नेपाली स्टुडेण्ट एसोसियसन अफ ह्युस्टनको सयुक्त पहलमा कार्यक्रम संचालन हुने भएको छ l

सांस्कृतिक कार्यक्रम बाट उठेको रकमले सिन्धुलीको दलित बस्तिमा विद्यालय निर्माण सहयोग गर्ने बताईएको छ । स्थानीय कलाकारको प्रबर्धन तथा बिकास हेतु कार्यक्रम आयोजना गरिने भएकोले ह्युस्टन क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन् आग्रह आयोजकले गरेका छन् l

नेपाली समुदाय ,बिद्यार्थी र व्यवसायीलाई एकै छातामा ल्याउन कनेक्टीङ नेप्लीज टुगेदरको नारा सहित कार्यक्रमको रुपरेखा तयार गरिएको छ l कार्यक्रमको पहिलो खण्डमा स्थानीय कलाकारको नाटक मंचन, प्रत्यक्ष दोहोरी, विद्यार्थीहरुको नृत्य र स्थानीय गायकहरुको प्रस्तुती रहने भएको छ । यसको साथ साथै ह्युस्टनमा उदाउंदै गरेका कवी बिदुर दवाडीको प्रस्तुती र्यापर सुरज कार्कीको प्रस्तुती र व्याण्डहरु बद्मास, रमेश, सन्दिप, कुन्दन, अनिल पौडेल एण्ड ग्रुपको प्रस्तुती समेत रहने भएको छ l

सोहि दिन ह्युस्टन नेपाली समाजले आईसीईएफ को औपचारिक यूवा समुह पनि गठन गर्ने भएको छ l

प्रतिक्रिया