एक नेतालाई बिदेसी एयरपोर्टमा लिन जादै गर्दा
२०-३० जनाको समुह वनाएर हैन, एकदुई जनाले मात्र लिन जान पर्थ्यो ।
फुलमाला अबिरले स्वागत गरेर होइन
हेल्लो हाई गरि, हात मिलाएर ल्याउनु पर्थ्यो ।
बाटोमा लगेज “दिनुस हजुर” मलाई भनेर होइन
आफ्नो सूटकेस आफै, घिसार्न लाउनु पर्थ्यो ।
“गरुड्गो होला म उचाली दिन्छु हजुर” भन्ने होइन
आफ्नो सामान आफै उचाल्न, लाउन सक्नु पर्थ्यो ।
सडकमा गाड़ी गुडिरहेको बेला, यसरी सरर बग्ने बाटो “कति बर्ष भित्र बनाउन सक्नुहुन्छ”भनि सोध्न सक्नु पर्थ्यो
ति लामा लामा पुलका जालोलाई देखाएर
यस्ता पुल बनाउन कसले रोक्यथ्यो भनेर सोध्नु पर्थ्यो ।
ट्राफिक लाइटका बत्ती देखाउदै
नेपालका यस्तो किन बनाउन सक्नु भएन, भनि सोध्नु
पर्थ्यो ।
बाटोमा गाड़ी रोकी कफी खान, रेष्टुरेन्टमा लाइन बस्दै गर्दा
नेपालमा कति लाइन मिच्नु भयों , भनि सोध्नु पर्थ्यो ।
प्रत्यकले आ आफ्नो पैसा तिरेको देखाउदै
आजसम्म कति अरूको खानु भयों, आजबाट आफै तिर्न सिक्नुस भन्न सक्नु पर्थ्यो ।
टेबुल पुछेको मानिस देखाउदै, यो रेष्टुरेन्टको मालिक हो भनि चिनाउनु पर्थ्यो
काम गरेर मानिस सानों हुदैन भन्दै, टेबुलमा पोखिएको कफि आफै पुछ्न लाउन पर्थ्यो ।
घरमा पुग्दै गर्दा, तपाईको भ्रमण औपचारिक वा अनौपचारिक भनि खोदल्नु पर्थ्यो
भ्रमण खर्च, जम्मू टोली र उपलब्धि के, भनि सोध्न सक्नु पर्थ्यो ।
औपचारिक भए एक एक ख़र्च, हिसाब गरि गरि मज्जाले लिन सक्नु पर्थ्यो ।
साँझ तिर रेष्टुरेन्ट जादै गर्दा, रोज़ी रोज़ी रक्सी खानु पर्थ्यो
बिल आए पछि ठाडै उसैलाई, तिर्न लाउनु पर्थ्यो ।
रक्सीले झुम्म पारेको मौका छोपी, आफ्नो बिगतको अबस्था संझाउन सक्नु पर्थ्यो ।
तेत्रो अकुच संम्पत्ती कहाबाट आयो, ओकाल्न छताछुल्ल पार्नु पर्थ्यो
एक एक भ्रष्टाचार र अनैतिक क्रियाकलाप खोतल्न सक्नु पर्थ्यो ।
रेकर्ड गरि पत्रकार र जनता समक्ष पुर्याउन सक्नु पर्थ्यो ।
महलमा सपिड जादै गर्दा, ऊ त्यों लाइनमा उभिएको संसद हो भनि चिनाउनु पर्थ्यो
नियम आफैले मिच्ने होइन, पालन गर्न सिक्नु पर्छ भनि सिकाउनु पर्थ्यो ।
जिवनभर राजनिती गरे अनुभवी छु भन्नेलाई
तपाईले कहा, कहिले, कुन, कति विकास गर्नु भो भनि सोध्नु पर्थ्यो ।
नेपाल आउनु पर्यो, तपाईहरुको खाँचों छ भन्ने लाई
नेपाल भएकालाई बिदेश जान रोक्नुल पहिला, भन्न सक्नु पर्थ्यो ।
नेताहरू आयो कि सधै चाकडी , चाप्लुसी र चम्चागिरी गर्नु भन्दा
आफु बिदेशीनुको मर्म र बाह्र घण्टे काम संझी संझी, दुईचार झापड लाएर पठाउन सक्नु पर्थ्यो ।
एयरपोर्ट छोड्न जादै गर्दा नेपाल गएर अव के के काम कति भित्र गर्नु हुन्छ, भनि सोध्नु पर्थ्यो
अव आइन्दा बिदेश भ्रमण आउने होइन, खुरूखुरू नेपालको बिकाशमा लाग्नु पर्छ भन्नु पर्थ्यो ।
पुरा गरेनौ भने,
अर्को चोटी आउदा फुलको मालाको सट्टा “जुत्ताको मालाले स्वागत” गर्नेछौ भनि भन्न सक्नु पर्थ्यो ।
प्रतिक्रिया