गायिका बसन्ता प्रकृतिको गीतमा केकी अधिकारीको नृत्य

इनेप्लिज २०७३ फागुन ७ गते ११:०४ मा प्रकाशित

काठमाडौँ, ६ माघ । चर्चित नायिका केकी अधिकारीले अभिनय गरेको ‘हेरी तिम्रो नजरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका बसन्ता प्रकृतिको मनमा एल्बममा समावेश १ नम्बर ट्रयाक हेरी तिम्रो नजरमा बोलको गीतको सार्वजनिक भिडियोमा सुन्दरी नायिका केकी अधिकारीले धमाकेदार नृत्य प्रस्तुत गरेकी छिन् ।

गीतकार दिपक कौडिन्याको शब्द सिर्जनामा चण्डीप्रसाद काफ्लेले संगीत भरेको सार्वजनिक गीतको भिडियोमा सुन्दरी नायिका केकीलाई मोडल निकित बिकेले साथ दिएका छन् ।

अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोको सुरेन बस्यालको कोरियोग्राफी गरेका हुन् । राजन इशानको एरेन्ज रहेको गीतको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् भने भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन् । सार्वजनिक गीतको अडियो भार्इब्स क्रियसनले तयार गरेको हो ।

प्रतिक्रिया