प्रजातन्त्र हराएको छ कतै देख्यौ कि ?

इनेप्लिज २०७३ फागुन ७ गते १९:५० मा प्रकाशित

ग़ज़ल :
सुमित्रा घिमिरे दवाडी

प्रजातन्त्र हराएको छ कतै देख्यौ कि ?
जनताको घर दैलोमा कतै भेट्यौ कि ?

हुने खानेहरुको पन्जा भित्र छ रे ऊ त,
भजाएर नाम उसको गला रेट्यौ कि ?

उद्योगहरु बन्द भए, पार्टीहरु खुलेपछि,
निचोरेर उसकै रगत प्यास मेट्यौ कि ?

सबैलाई राम्रो भन्थे  प्रजातन्त्र आएपछि,
चिथोरेर उसकै जिउँदो लाश टेक्यौ कि ?
-चितवन , हाल इज़रायल

प्रतिक्रिया