राप्रपा महाधिवेशनबाट सेलिब्रटिको नयाँ यात्रा

इनेप्लिज २०७३ फागुन १२ गते ०:४२ मा प्रकाशित

काठमाडौ ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अभिनेत्री रेखा थापा र गायिका कोमल वली भारी मतले विजयि भएसँगै नयाँ यात्रा सुरु भएको छ ।

राप्रपाको एकता महाधवेशनमा नायिका थापा खुला महिलातर्फ दोश्रो भएकी हुन् भने गायिका कोमल वली खुला पुरुष महिलातर्फ तेश्रो भएकी हुन्।

विगत लामो समय देखि कलाकारितामा एकछत्र राज गरेकि नायिका थापा र गायिका वली पछिल्लो समयमा राप्रपाको राजनीतिमा जम्ने प्रक्रियामा छन। बाहिर आँकलन गरिए जस्तै वली र थापाको राजनीतिक भबिष्य कस्तो होला त्यो परिणामको लागि कुर्नै पर्छ ।

खुला महिलाबाट नायिका थापाले १६०३ मत ल्याउँदै केन्द्रिय सदस्यमा विजयि भएकि छन् भने कोमल वलीले खुल्ला पुरुष महिलातर्फ १८५७ मत ल्याएर विजयि भएकि हुन्।

महिला खुल्लातर्फ कुन्ती शाहीले (१८४८) र पुरुषतर्फ बुद्धिमान तामाङले (१९२८) सबै भन्दा बढी मत ल्याएर विजयि भएका छन् । उनीहरु दुवै मन्त्री भैसकेका पूर्व केन्द्रिय सदस्य हुन् । देशका अब्बल दुई सेलिव्रेटी थापा र वलीको राप्रपा महाधिवेशनमा दिईएको उम्मेरद्वारीलाई राप्रपाले मात्रै नभएर अन्य राजनीतिक दलले पनि चासोका साथ हेरेका थिए ।

 

प्रतिक्रिया