रञ्जित रेलाई ‘अभिनन्दन’ लिन भ्याईनभ्याई, शनिबार मोर्चाको पालो, बिरोध पनि उत्तिकै

इनेप्लिज २०७३ फागुन १३ गते ११:०४ मा प्रकाशित

काठमाडौं, १३ फागुन । नेपालका लागि भारतीय राजदूत रणजित राय (रञ्जित रे)लाई ‘अभिनन्दन’ लिन काठमाडौंमा भ्याईनभ्याई भएको छ । राजदूत रायलाई शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले काठमाडौंको पाँच तारे होटेलमा ककटेल डिनर (रक्सी पार्टी) सहितको अभिनन्दन गर्दैछ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सुरेश मण्डलले सहसचिवस्तरको कर्मचारीलाई मधेसी मोर्चाको ब्यानरमा कुनै पनि हालतमा अभिनन्दन र रक्सी पार्टी गर्नुहुँदैन भनेर सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिइसकेका छन् । उनको अभिव्यक्तिपछि मधेसी मोर्चाभित्र खैलाबैला भएको छ ।

मधेसी मोर्चाको ब्यानरमा सहसचिवस्तरको कर्मचारीलाई अभिनन्दन गर्न लागेकोमा मधेसी मोर्चाका नेताहरू विभाजित भएका छन् । मोर्चाका केही शीर्ष र दोस्रो तहका नेताहरूले राजदूत रायलाई कुनै पनि हालतमा लाखौँ रुपियाँ खर्च गरेर रक्सीसहितको पार्टी राखेर अभिनन्दन गर्न नहुने धारणा राखेको उच्च स्रोतले जनाएको छ ।

रक्सीसहितको डिनर पार्टी एवम् अभिनन्दन कार्यक्रममा झण्डै दश लाख खर्च हुने अनुमान मधेसी मोर्चाको छ । यति ठूलो रकम कसरी जुट्छ भन्ने प्रश्नमा मधेसी मोर्चाका एक नेताले भने, ‘सबै पार्टीले आ–आफ्नो गच्छेअनुसार उठाउने भनिएको छ । हृदयश त्रिपाठीजीले पैसा खोज्नु हुन्छ ।’

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सुरेश मण्डलले सहसचिवस्तरको कर्मचारीलाई मधेसी मोर्चाको ब्यानरमा कुनै पनि हालतमा अभिनन्दन र रक्सी पार्टी गर्नुहुँदैन भनेर सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिइसकेका छन् । उनको अभिव्यक्तिपछि मधेसी मोर्चाभित्र खैलाबैला भएको छ ।

स्रोतका अनुसार मधेसी मोर्चाको ब्यानरमा शनिबार बेलुका छ बजे काठमाडौंको लाजिम्पाटस्थित -याडिसन होटेलमा राजदूत रायलाई भव्य रुपमा अभिनन्दन तथा विदाइ कार्यक्रम गरिनेछ । राजदूत रायको अभिनन्दन कार्यक्रमलाई लिएर -याडिसन होटलमा शनिबार विशेष सुरक्षा बनाइने मोर्चाका एक नेताले जानकारी दिए ।

साढे तीन वर्षको आफ्नो कार्यकाल सकेका राजदूत रायले अनिवार्य अवकास पाउँदै छन् । उनी नेपालबाट फिर्ता हुन अगाडि ‘चाकडी’ गर्न विभिन्न दल, संस्था, व्यक्तिहरूले अभिनन्दन, सम्मान आदि कार्यक्रम गर्दै आएका छन् ।

राजदूत रायलाई तराई मधेस लोकतान्त्रिक पार्टीकी नेतृ चन्दा चौधरीले पनि विशेष रुपमा सम्मान गर्दैछिन् ।

प्रतिक्रिया