अमेरिकाको भर्जिनिया निबासी रञ्जु सुबेदीको प्रयासमा शारदा उच्च माबि चितवनका करिब २७० सहभागि बिधार्थीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी ३ दिने तालिम प्रदान

इनेप्लिज २०७३ फागुन १३ गते १६:३५ मा प्रकाशित

 

हाल अमेरीकाको भर्जिनीया निबासी समाज सेवा अनी आफ्नो मात्रीभुमी प्रती सदैब सहयोगी हात बढाउने जुझारु महिला रन्जु सुबेदीको प्रयास र प्रायोजकमा पश्चिम चितवन स्थित शारदा उच्च माध्यमिक विद्यायलयमा शिक्षक तथा बिधार्थीहरुलाई कसरि साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा ३ दिने तालिम सम्पन्न भयो ।

तिन दिन सम्म र करिब् दिनको ५ घण्टा सम्म चलेको तालिम कक्षा ८ देखि १२ सम्मका बिधार्थीहरुलाई दिईएको थियो । साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका संयोजक पुजा गुरुङ, प्रशिक्षक निर्मा जम्मरकट्टेल र पारस पौडेलद्वारा प्रयोगात्मक तालिम करिब २७० सहभागि विद्यार्थीहरुलाई दिईएको थियो । कार्यक्रमबाट सहभागि विद्यार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक र विद्यार्थीहरुबाट प्राप्त भएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक रन्जु सुबेदीले विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो ।

सह-प्रधानध्यापक चिजकुमार आलेले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक रन्जु सुबेदीको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई सुनाउनु भएको थियो । आँफु पढेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने रन्जु सुबेदीलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ। अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।

डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने 703-298-6151 or [email protected] मा संपर्क गर्न सक्नु हुनेछ ।

सहभागीहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया