सिड्नीमा लाग्ने भो लुट-२

इनेप्लिज २०७३ फागुन २१ गते १३:४७ मा प्रकाशित

चर्चित नेपाली चलचित्र लुट-२ हेर्ने सिड्नीबासी नेपालीहरूको ईच्छा अब भने पूरा हुने भएको छ । गत हप्ता प्राबिघिक कारणवस प्रदर्शन हुन नसकेको यो चलचित्रलाई सिड्नीबासी दर्शकहरूको अत्याधिक मागका कारण प्रदर्शनमा ल्याईन लागिएको कुरा बताईएको छ ।

जानकारी दिईए अनुसार चलचित्र लुट-२ को सिड्नीको बरूडमा रहेको ईभेन्ट सिनेमामा मार्च ४ का साथै सिड्नीकै हर्सभिलमा रहेको ईभेन्ट सिनेमामा मार्च ४,५ र ६ तारेखमा प्रदर्शन हुने छ ।

नेपालमा अत्याधिक हिट भएको चर्चा चलेपछी सिड्नीमा यो चलचित्रको माग झनै बढ्न थालेको हो । यसैगरी लुट-२ को मार्च १०,११,१२ र १३ का दिन पनि बरूड र हर्सभिलमा रहेको इभेन्ट सिनेमामा शो हरू थपिने भएका छन ।

प्रतिक्रिया