बिनिता लामिछानेको राष्ट्रिय गित “मेरो मन नै नेपाली छ ” गितको भिडियो सार्वजनिक

इनेप्लिज २०७३ फागुन २४ गते ०:५३ मा प्रकाशित

गोरखा जिल्ला सौरपानीमा घर भई हाल फिल्याण्डमा बसोबास गर्दै आएकी गायिका बिनिता लामिछानेले राष्ट्रिय गित “मेरो मन नै नेपाली छ…मेरो तन नै नेपाली छ ” गितको भिडियो सार्वजनिक गरेकी छिन् । उक्त राष्ट्रिय गितको भिडियोमा बिनिता लामिछानेको सुमधुर स्वर रहेको छ भने करण चैसिरको छायाङ्कन, बिष्णु शर्माको सम्पादन् र प्रकाश भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा देश प्रति अपार माया देखाउंदै अन्य कलाकारको साथमा गायिका लामिछाने आफैले प्रमुख अभिनय गरेकी छिन् ।

आफ्नो मातृ भुमि देखि अजारौं दुरी टाढा भएता पनि गायिका लामिछानेले आफ्नो देश भक्ति गित मार्फत आफ्नो देश प्रति भएको माया र साथ अनिगिन्ती रहेको बताइकी छिन् । नेपाल लगाएत युरोपका धेरै देशहरुमा दोहोरि क्षेत्रमा प्रख्यात रहेकी गायिका लामिछानेलाइ यस राष्ट्रिय गितले उनलाई झन् सफलताको बाटो तिर लम्क्याएको छ । गायिका लामिछानेको एउटा गित बजारमा आइसकेको र अर्को गित पनि छिट्टै बजारमा आउने स्विस नेपाल डट कम लाइ बताएकी छिन् ।

प्रतिक्रिया