थानीमाईलाई मरुभुमीबाट सम्झिदा ।

इनेप्लिज २०७३ फागुन २८ गते २२:११ मा प्रकाशित

गण्डकी अन्चल तनहूँ जिल्ला डुम्रे बजार बाट उत्तर पट्टी लम्जुङ जाने हाईवे रोड सगै करिब १५ कि मी पिच र ८ किमी कच्ची सडक पार गर्दै पुगीने बसन्तपुर गाविसमा अबस्थित एउटा धार्मीक स्थल छ, श्री थानीमाई मन्दिर, थानीमाई नाम बाट अपरम्पार नाम कमाउन सफल तथा गण्डिकी अन्चलमा नै प्रख्यत छिन, तनहुँ कि थानीमाई ।

जताततै हराभर सानो एउटा गाँउ जसमा विविध जातजाती संस्कृती ,धर्ममा आस्था राख्ने क्रमस दमाई, कामि, सार्की वाउन, क्षेत्री ,मगर, नेवार, मुस्लीम धर्मालम्बीहरुको बाहुल्यता यस भेगमा पाइन्छ।

बसन्तपुर श्री थानीमाईको मन्दिरको वरिपरि रमणीय स्थलबाट गोर्खाको लक्ष्मी बजार, लिगलिक कोट तथा पश्चिमकोे मनैलोभ्याउने अन्नपूर्ण हिमशृंखला निकै राम्रा हिमाली दृश्यहरु देख्न सकिन्छ । यो भाग उच्च भएको हुदा यहाँबाट नागबेली खोलानालाहरु फाउदी खोला , भानुभक्तको जन्म स्थानमा रहेको चुद्धी खोला . गोर्खा को सिमानामा पर्नै चेपे नदि अनि मस्र्यङदी नदि र रम्घा फाट खातिथोक को डाडो साथै र्मिलुङ को डाडो तनहुँसुर राजदरवार र लम्जुङको राईनसकोट गगनचुम्बी पाहडहरुपनि सबै एकै हाराहारीकै अनुपातमा हेर्न सकिन्छ ।

जनस्रुतीे अनुसार परम्परा रितीथितीअनुसार लेक बाट भोटेनी जडिबुटीहरु बेच्दै बसन्तपुर गाउँमा साझपख बाँस माग्दै आएकी थिईन अरे l उक्त गाउका मान्छेले भोटेनी भनेपछि केहि तन्तर मन्तर टुनामुना लाउन सक्छे भन्ने डरले बासँ नदिए पछि डाँडोमा रहेको एउटा कटुस को बोटमा राती आश्रय लिन पुगेको र त्यही कटुसको बोट मुनी बास बस्ने क्रममा राति जोड सगँ अन्नधुन्न असिना पानी परेकोले कहाँ जाउ के गरु भन्दा उहि बोट मुनी नै बस्दा अस्वस्थ शरीरमा असिना पानीको मार खप्न नसकि निकै कष्ट सहेर उनको निधन त्यही कटुसको बोट मुनी भएर स्वर्गमा बास लिन पुगिछिन l

र त्यही मृत्युको दिन देखी त्यस गाँउमा भाड भैलो मच्चने विभिन्न दैविकप्रकोप प्रकृतिक प्रकोपले सताउन थालेको बाघले सताउने र रात भरि वाघले सुत्न नदिने यस्तो अचानक भए पछि गाउलेहरुले के भयो कसरी यसो हुन गयो भनेर खोजी निती गर्दा उही भोटिनी नै थानीमाईको रुपलिएर त्यही स्थानमा बसेको र उसको पूजाआजा भने बमोजिम विधिअनुसार गरि गाउलेले उहि मन्दिर बनाई शिला थापना गरेको भन्ने सुन्नमा आएको पाइन्छ।

करिव १५ वर्ष पहिला देखी मैले थाहा पाए अनुसार हरेक सोमवार का दिन आफ्नो घरमा सत्यनारायण पुजा लगाई मंगलवार थानीमाईलाई डोली चडाउन लाने चलन छ अनेकौ कष्टका बाबजुद पनि पैदल हिडेरै टाडा टाडाबाट भक्तजनहरु डोलीलिइ आउने गर्दछन् र मन्दिरपरिसरलाई परिक्रमा गरि माथीथुम्का शिखरमा अबस्थित मन्दिरमा उक्लदै बाजा गाजा धोजा पताका सहित थानीमाईको जय जयकारले त्यो अनुपम बन्दछ त्यो स्थल । सोमबारका दिन भने मन्दिरमा सयौ जना भक्तजनहरुको रात्री बत्ति बाल्ने भिड उत्तिकै लाग्ने गर्दछ साथै नाचगान गरि रमाईलो भक्तजनहरुले भजन गाउदै रात उनै थानीमाईको काखमा विताउने गर्दछन्। हजारौ भक्तजनको भिड्लाग्ने थानीमाई मन्दीरमा भने कुनै जात जातीको भेदभाब भन्ने चलन छैन सबै यहाँ खुल्ला नै छ ।

विहान स्नान गरि चोखो, पवित्र मनले थानीमाईलाई दर्शन गर्न जाने चलन छ । यसो पनि भन्छन उनलाई दर्शन–पुजा गर्नजादा आफुले मागेको मनोकामना पूरा पनि हुने गाउँका बासिन्दा तथा थानीमाईको दर्शन गर्न आउने भक्तजनहरुले पनि बताउछन् । विभिन्न आस्था र विश्वासको सेरोफेरोमा सम्रक्षित छ थानीमाई ।

साथै मन्दिर वारिपरि ६÷७ वाट पाटि पौवाहरु पनि छन जहाँ विदेश तथा स्वादेशमा हुने गाउलेहरुको सहयोग तथा मन्दिरको आम्दानी बाट उक्त पाटिको निमार्ण भएको थाहा पाईन्छ मन्दिरको अर्को उत्तरपश्चिममा रहेको ठूलो पिपल चौतारी अनि बर र आपकारुखहरुले त्यहाको वातावरणलाई अझै रमणिय थपिदिएको छ, शान्त शितल अनि अनुपम आनन्दमान्छेले सायद थोरै ठाँउमा पाउछन् जुन यहाँ बाट पाउन सकिन्छ।

मन्दिरको प्राकृतिक भूस्थिती ज्यादै दयनि छ हाल आएर चारैतर्फ भिरालो भएको ठाउमा पुरा पक्का सिमेन्टलगाई तलबाट नै निर्माण गरि ल्याईको ढलान बाट उक्त ठाउलाई पैरो बाटजोगाउने कोसिस गरिएको छ। विभिन्न संघसस्था अनि गाउले यति सम्म वा सक्दो प्रयास गरेको देख्न सकिन्छ । दुखको कुरा जतातै हरियाली देखीने बसन्तपुर गाउको एउटा रमणीय स्थल थानीमार्ई आस्थाको धरोहर धार्मीक तथा प्रचुरमात्रामापर्यटक भित्राउने संभावना बोकेको स्थललाई नेपाल सरकारको कुनै सहयोग पुगेको देखिदैन ।

तनहुँका बरिष्ठ नेताहरु रामचन्द्र पौडेल ,गोविन्दराज जोशी जस्ता नेताहरुको पनि किन श्री थानीमाईको मन्दिरको सहयोग लागी आखाँ जादैन ? साथै बरिष्ठ लोकगायकहरु बलविर थापा, कृष्ण थापा, प्रेमराज महत्त लगायतका कलाकारहरुले पनि आफ्नो गाउकी –जिल्ला) थानीमाईको केही सहयोग गरेको जस्तो लाग्दैन ।

यसै गरि प्रधान सेनापति छत्रमान सिंह गुरुङ , डिआईजी पार्वती थापा , को पनि आखाँ गएको जस्तो मलाई लाग्दैन। म त्यही थानीमाईको काखमा हुर्किएको मान्छे हुँ मलाई गर्व लाग्छ मेरो प्यारो गाउँ अनि थानीमाईको मलाई आज यति धेरै यादआइरहेछ थानीमाईलाई मरुभमीको ५५ डिग्रीको घाममा हपहप भएको बेला मेरी थानीमाईलाई मैले सम्झिए पछि मनमा मलाई शान्ती र केही आराम मिल्छ । त्यसैले मैले मरुभुमी बाट थानीमाईलाई बाम्बारसम्झिएको हुन्छु आउदा अवस्य तिम्रो पाउमा माथ राख्ने छु कोटीकोटी प्रणाम! मेरी थानीमाई रक्षा गर! मेरी थानीमाई रक्षा गर !

बसन्तपुर ३ तनहुँ हाल : कतार

ईमेल [email protected]

प्रतिक्रिया