ट्रम्प मेरा मित्र हुन भनि दाबि गर्दै व्हाइट हाउसको बार हामफाल्ने मानिस पक्राउ

इनेप्लिज २०७३ फागुन २९ गते १:५० मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प लाई मेरो मित्र हुन् भन्दै व्हाइट हाउसको बार हामफाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ l उनले त्यति मात्र भनेनन् ,उनले राष्ट्रपति संग भेटघाटको कार्यक्रम पनि रहेको बताए l

व्हाइट हाउस को भित्र घासे मैदानमा हाम फाले पछि क्यालिफोर्निया निवासी ती व्यक्तिले आफु गुप्तचर बिभागका अधिकृत भएको बताएका थिए l उनि निषेधित स्थानमा गत मार्च १० तारिख शुक्रबार साँझको समयमा बार नाघेका थिए l

२६ बर्षिय जोनाथन ट्रान क्यालिफोर्निया मिल्पी टासका हुन् भने प्रहरीले उनलाई प्रवेश पत्र छ भनि सोधेको समेत थिए l आफु संग प्रवेश पत्र नभएको र ट्रम्प संग भेट गर्ने निश्चित समय भएको जनाएका थिए l

तर व्हाइट हाउस का प्रहरीले अनुसन्धान गरे पछि उनि राष्ट्रपतिका साथी नभयकोले गैर कानुनी रुपमा प्रवेश गरेकोमा पक्राउ गरिएको छ l उनि डीसी स्थित राष्ट्रपति भवन नजिक रहेको कोष भवनको उत्तर पश्चिम को आँगन बार बाट हाम फालेका थिए l जुन बेलामा उनि भित्र प्रवेश गरेका थिए त्यो समयमा ट्रम्प व्हाइट हाउस मै रहेका थिए l

घटना पछि गुप्तचर सेवाले उत्तर तथा दक्षिण व्हाइट हाउसको घासे मैदानमा खोज गरि कुनै खतरा नभएको जनाएको एपीले लेखेको छ l ट्रान संग दुई वाट छडी भित्रको एउटा गोजीमा रहेको थियो भने उनि संग अमेरिकन राहदानी ,एउटा काखे संगणक (ल्यापटप ) ,ट्रम्प द्वारा लिखित पुस्तक तथा राष्ट्रपतिलाई लेखेको पत्र रहेको थियो l

उक्त पत्रमा उनले “रसियन ह्याकर्स ” पनि उल्लेख गरेको अदालतमा दायर गरिएको फौजदारी नालिशमा एपीले समाचार लेखेको छ l डोनाल्ड ट्रम्प राष्ट्रपति भए पछि यो पहिलो घटना हुन् पुगेको छ l

 

प्रतिक्रिया