कञ्चनपुर, राष्ट्रियता र राजु दाई

इनेप्लिज २०७३ फागुन २९ गते १६:३६ मा प्रकाशित

“बाबु मैले एउटा अभियान चलाउने भने सल्लाह, सुझाव र सहयोग गर्नु प¥यो । ”

“कस्तो अभियान ” ?
“नेपाल भारत सिमामा काँडेतार र पर्खाल लगाउन आर्थिक संकलन अभियान ” ।

“कुरा एकदम ठिक हो दाई तर यो राज्यको केन्द्रिय राजनीतिसंग जोडिएको विषय हो र देशका शासन सत्तामा रहेका नेताहरुको जबसम्म संवेदनशिल हुदैनन तब सम्म हामीले चाहेर मात्र यो अभियान सफल नहुन सक्छ त्यसैले यसको लागि धेरै तयारी र शक्तिको आवश्यक पर्दछ त्यसैले अभियान चलाउनु पहिले सोच्नु पर्ने हुन्छ । यो अभियान शुरु गरेपछि विभिन्न बाधा अड्चनहरु पनि आउनेछन र ति चुनौतीहरुसँग संघर्ष गर्ने हिम्मत सहित शुरुवात गर्नुपर्ने हुन्छ ” ।

“होइन अभियान सफल हुदैन भनेर शुरु नै नगरे कसरी सफल होला ? मैले यो अभियान अन्तर्राष्ट्रिय रुपमा लैजाने छु र सफल बनाउने कुरामा विश्वासका साथ शुरु गर्दैछु ” ।

“हस् राष्ट्रियताको उच्च अभियान शुरुवातमा मेरो शुभकामना साथै सहयोग रहने प्रतिवद्धता गर्दछु ।”

विगत १५ बर्ष देखी कतारमा रोजगारी गरिरहेका बुटवलका राजु डुम्रेसँगको संवाद हो यो । कञ्चनपुरमा भारतिय सिमा सुरक्षाबलले चलाएको गोलीबाट गोविन्द गौतमको मृत्यु भएपछि एउटा प्रदेशी नेपालीको मन मष्तिस्कमा उब्जिएको राष्ट्रप्रेम र अठोट हो यो । लाखौ युवाहरु प्रदेशमा परिश्रम गरिरहेकाछन । विप्रेषण मार्फत देशको अर्थतन्त्रमा टेवा पु¥याइरहेकाछन । आफ्नो देशको नागरिक माथी अर्को देशको सुरक्षाकर्मीले गोली चलाएर हत्या गर्दा हरेक नेपालीको रगतमा अक्रोश भरिनु स्वाभाविक हो । राजु दाइ जस्तै लाखौ युवाहरु आज नेपाल भारत सिमामा पर्खाल ठड्याउन तयार छन ।

सुगौली सन्धि र भारतको हेपाहा प्रवृतिले स्पष्ट हुन्छ की भारतको नेपाल प्रतिको नीति के हो भनेर । उक्त सन्धिमा नेपालले आफ्नो कैयो भुभाग गुमाउन पुग्यो । त्यती मात्र भएन सुगौली सन्धि पछि बनेको नेपालको मानत्रिच पनि पटक पटक खिइदै गइरहेको छ । यो सब भारतको दादागिरी र नेपालप्रतिको हेपाहा प्रवृति हो ।

नेपालमा भारतले पटक पटक सिमाहरु मिच्ने गरेको छ । सिमा क्षेत्रका नेपालीहरु भारतको सो व्यवहारबाट आतंकित छन । कहिले भारतिय सिमा सुरक्षा बलले नेपालीहरुलाई आफ्नै भुमी बाट खेद्ने, कहिले बाँध बाधेर नेपाली भुमी डुबानमा पार्ने र सिमा स्तम्भहरु सार्ने काम पटक पटक भइरहेका छन ।

हामीले सुस्ताको अध्ययन गरौ, नारायणी नदिले गरेको बहाव परिवर्तनको मौका छोपेर भारतले सुस्तामा हैकम जमायो । आज कालापानी , लिम्पियाधुरा, लिपुलेकहरु गुहार माग्दैछन । महेशपुर बाँधले नेपालीको बस्ती उठीबास भो । गत बर्ष देशले नाकाबन्दी झेल्नु प¥यो । मेची देखी महाकाली सम्म पचासौ ठाँउमा नेपाली भुमी अतिक्रमण भएको छ । कहिले सम्म? देश कता जादैछ ?

आज हामीलाई फेरी कञ्चनपुरमा घाउ लागेको छ । हामी अब पनि सजक र उचित र कुटनैतिक पहलकदमी र स्पष्ट अडान नलिने हो भने फेरी पनि कैयौ कञ्चनपुरहरुको हामीले सामना गर्नुपर्ने हुन्छ । सलाम छ ति नेपाली जो आज कञ्चनपुरमा अफ्नो भुमीको लागि देशको सिमा रक्षाको लागि आफुलाई बलि चढाउन तयार छन । कञ्चनपुरमा शहिद हुने गोविन्दा गौतमको पार्थिव शरिरलाई राष्ट्रिय सम्मान मात्र दिएर पुग्दैन । देशको सिमारक्षाको लागि बगेको उनको रगत जस्तै अर्को नेपालीले बगाउन नपरोस । बेलैमा सचेत हुनु जरुरी छ ।

नेपालमा भारतले गर्ने यस्ता हर्कतहरुको मुख्य कारण दुइ देश विचका खुला सिमा नै हो भने सहायक कारण नेपालका नेताहरुको भारतपरस्त मानसिकता हो । नेपालमा जति सरकारहरु आए पनि भारतप्रति नेपालको स्पष्ट विदेश नीति बन्न सकिरहेको छैन । सारकार बाहिर रहदाँ राष्ट्रियतालाई प्रमुख एजेण्डा बनाउने पार्टिहरु सरकारमा पुगेपछि विभिन्न बाध्यता र अन्र्तराष्ट्रिय सम्बन्धका राप अलापेर भारत विरुद्ध बोल्न सक्दैनन ।

सरकार बाहिर रहदाँ जानता भुलाउन राष्ट्रियताको नारा लगाउने र सरकारमा पुगेपछि फेरी उही । आज देशको नागरिक माथी गोली चलाइदा प्रदेशमा बस्ने नेपालीहरु खुला सिमालाई कारण मान्दै पर्खाल लगाउने अभियान शुरु गर्छन यो जिम्मेबारी सरकारको होइन ? के कारणले रोकेको छ नेपाल भारत खुला सिमा बन्द गर्न ? आर्थिक कारण हो भने आज हरेक नेपालीहरु पर्खाल निमार्णको लागि आर्थिक सहयोग गर्न तयार छन ।

के अब पनि सरकार चुप लागेर फेरी अर्को सूस्ताको प्रतिक्षमा बस्ने हो ? कि कञ्चनपुरको? सार्वभौम देश माथी यस्तो दादागिरी कहिले सम्म? देश भित्र आन्तरिक राजनैतिक अस्थिरताको फाइदा उठाएर विभिन्न प्रलोभनमा पर्ने नेताहरुको सद्बुद्धि कहिले आउछ ?

भौगोलिक हिसाबले नेपाल दुइ ठुला देश चिन र भारतको विचमा रहेको छ । नेपालले दुई तर्फ नै सन्तुलन विदेश नीति बनाएर देशमा खुला सिमा काँडेतार वा पर्खाल लगाउन आवश्यक छ । हामी भारत आश्रित हुने नीति परिवर्तन हुनु पर्दछ ।

नेपालका हरेक राजनैतिक उतार चढावमा भारत सरकारको प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप रोक्न जरुरी छ त्यसको लागि नेपालका नेताहरुले एउटा प्रण गर्नु पर्ने देखिन्छ । नेपाली जानता हरु राष्ट्रिय स्वाभिमानको लागि जस्तो सुकै त्याग गर्न पनि तयार छन भन्ने कुरा पटक पटकका घटनाहरुले प्रमाणि गरिसकोको छ । मात्र आवश्यकता सरकारी नीतिको हो ।

त्यसैले, आज स्वाभिमानमाथी हस्तक्षेप हुदा देश विदेशमा रहने लाखौ नेपाली युवाहरुको आत्मा रोएको छ । राष्ट्रिय स्वाधिनताको लागि युवाहरु देश विदेशबाट आवाज बुलन्द गर्दै छन । आज राजु दाइले शुरु गरेको सिमा काँडेतार र पर्खाल अभियानले निरन्रता पाओस, सरकारको यो कुरामा ध्यान जाओस । सिमा रक्षाको लागि आफ्नो छाती पर्खाल बनाएर उभिन सक्ने नेपालीहरु आफ्नो देशको सिमामा पर्खाल लगाउन जस्तोसुकै बलिदा गर्न तयार छन । राजु दाई तपाँइको अभियान सफल होस ।

शुभकामना ।

प्रतिक्रिया