क्यालिफोर्नियामा भएको बृहत अन्तरक्रियामा एनआरएन एनसीसी अमेरिकाकी अध्यक्ष प्रत्यासी थापाको ओजपूर्ण सहभागिता

इनेप्लिज २०७३ फागुन ३० गते २३:२२ मा प्रकाशित

गैरआवासीय नेपाली संघ एनआरएन एनसीसी अमेरिकाकी उपाध्यक्ष एवं भावी चुनावको लागि अध्यक्षमा उम्मेद्वारी दिएकी रविना थापाको उपस्थितिमा सानफ्रान्सिस्कोमा बृहत् अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय बर्केलीमा गरिएको सो कार्यक्रममा थापाले आफूले एनआरएन एनसीसीमा उम्मेद्वारी दिनुपर्नाको कारण, भावी योजना र एनआरएनलाई भोलिका दिनमा कुन बाटोमा अघि बढाउने भन्ने विषयमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिनुभएको थियो ।

त्यस क्रममा थापाले आफ्नो सानै देखिको समाजसेवा गर्ने रुचीलाई मूर्तरुप दिँद अमेरिकामा रहँदा पनि आफूले नेपाल र अमेरिकामा बराबर रुपमा समाजसेवाको काम गरिरहेको बताउनुभएको थियो । न्र्तक्रिया कार्यक्रमको दौरानमा उठेका जिज्ञासाको जवाफ दिँदै थापाले विगतदेखि आफू गरेका संघर्ष र अहिलसम्म हासिल गरेका सफलतालाई सिलसिलेबार रुपमा प्रस्तुत गर्नुभएको थियो । अत्यन्तै मार्मिक र आकर्षक ढंगले उहाँले आफ्नो विगत, वर्तमान र भविष्यको विषयमा जानकारी सो अन्र्तक्रियामा गराउँदा उपस्थित सबैले निक्कै नै चाखपूर्वक उहाँको प्रस्तुती सुनिरहेका थिए ।

विगतमा प्राकृतिक विपत्तिका बेला नेपालमा आफूले गरेको समाजसेवाका कर्मदेखि चितवनको देवघाटमा निर्माण भै रहेको बृद्धाश्रमका विषयमा समेत उहाँले अन्र्तक्रिया कार्यक्रम जानकारी गराउनुभएको थियो । यस्तै एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिनुअघि उपाध्यक्षहरुसँग आफूले गरेको सल्लाह, सिँगो कार्यसमितिले आफूप्रति देखाएको सहानुभूति, साथ र समर्थनको बारेमा पनि उहाँले अन्र्तक्रियामा स्पष्ट रुपमा धारणा राख्नुभएको थियो । यस्तै थापाले आफूले चुनावी घोषणा पत्रमा गरेका प्रतिबद्धतालाई दोहो¥याउँदै त्यसलाई व्यवहारमा कार्यन्वयन गर्न सबैको साथ, समर्थन र सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो । निक्कै नै आकर्षक र स्पष्ट ढंगले थापाले अन्र्तक्रियामा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो । जसका कारण कार्यक्रममा सहभागी सबै खुसी देखिएका थिए ।

सो कार्यक्रममा अमेरिकाकै महत्वपूर्ण राज्यका रुपमा रहेको क्यालिफोनियाको सान फ्रान्सिस्कोमा बरिष्ठ नेपाली समाजसेवीका रुपमा चिर परिचित नारायण बनको समेत विशेष सहभागिता रहेको थियो । अमेरिकाका विभिन्न संघसंस्थामा आबद्ध, जनसम्पर्क समिति वेस्ट क्वेस्ट च्याप्टरका पूर्व उपसभापति तथा विभिन्न संघ संस्थामा आबद्ध बनले सो कार्यक्रममा अध्यक्षकी उम्मेद्वार रविना थापाको कार्यशैली, उहाँको समाजसेवाप्रतिको लगाव तथा उहाँको चुनावी घोषणापत्रले आफूलाई निक्कै नै प्रभाव पारेको भन्दै थापाको टिमबाट आफूले उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो ।

सो कार्यक्रम एनआरएन अमेरिकाका सल्लाहकार भक्त थापाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा अमेरिकाको क्यालिफोर्निया र आसपसामा रहेका नेपाली संघ संस्थाका उच्च पदस्थ अधिकारी, प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । जसमा एनडब्बलु जिएनका संस्थापक सभापति विष्णु गुरुङ्ग एकता, लायन्स क्लव अफ मकालुका सभापति मनोहरा बोगटी, नेजस क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसी, एनआरएन क्यालिफोर्निया च्याप्टरका महासचिव सुरेन्द्र मल्ल, न्यान्सका पूर्व महासचिव रविन्द्र राई, लाईन्सका पूर्व सभापति चिनिकाजी श्रेष्ठ, न्नि सगरमाथाका सभापति गंगाबहादुर केसी, नेजा वेस्ट कोस्ट्को सम्योजक धुर्ब कुन्वर, सनि सगरमाथाका पूर्व सभापति हरीहर दाहाललगायत यस्तै अमेरिकामा युवाको क्षेत्रमा समासेवी भाव बोकेका युवाहरु प्रितेस कार्की, सुजित सिंह, बब विनयलगायतका वशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन पदमप्रसाद नेपालले गर्नुभएको थियो । सो कार्यक्रममा रबिना थापाको उम्मेद्वारीको अनुसन्धनात्मक पक्षहरुको बारेमा बिज्ञ बालकृष्ण आचार्यले जानकारी गराउनुभएको थियो । यस्तै रबिना थापाकी बालसखा टिका पुनले रविनाको पारिवारिक पृष्ठभूमी, बच्चादेखी हालसम समाज सेवाको दृढतालगायतको बारेमा अत्यन्तै रोचक ढंगले जानकारी गराउनुभएको थियो । यस्तै एनडब्लुजीएन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष सुस्मिता सिजापति, तमु समाजका र अध्यक्ष राज कुमार गुरुङ, बिज्ञ डा दुर्गा दाहाल, नेपाली काँग्रेसका नेता भुपाल लामिछाने, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव इश्वर सापकोटा, अमेरकास्थित नेपाली काँग्रेसका नेता बिद्यासागर योञ्जन, डा आमोद पोख्रेल, पूर्ण बानिया, कृष्ण के सी लगायतले थापालाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रमले सान फ्रान्सिस्कोमा रविनाको पक्षमा अत्यन्तै राम्रो माहौल रहेको स्पष्ट पारेको कार्यक्रममा सहभागी अधिकांशले बताइरहेका थिए । यसैबीच अध्यक्षकी प्रत्यासी थापा आलामेडामा पनि भेटघाट तथा सदस्यता बितरण र व्हाइटजोनद्धारा आयोजित होली धमाका कार्यक्रममा सहभागी हुनुभएको थियो । एनडब्लुजीएनल गरेको महिला दिवस कार्यक्रममा थापाले दिनुभएको मन्तव्यले उहाँप्रति सबैको सहमानुभूति र समेर्थन रहेको स्पष्टै देखिएको छ । स्मरणीय के छ भने थापाले पश्चिम दौडाहाको क्रममा मार्च १३ मा लस एन्जलसमा हुने एक विशेष कार्यक्रममा सहभागिता जनाउनुहुने छ ।

प्रतिक्रिया