श्याम भट्टराई दाइकी साली खोज्दै भेगास पुगेपछि

इनेप्लिज २०७३ चैत १ गते १७:०१ मा प्रकाशित

नेपाली चलचित्र जगतका एक सफल अनि लोकप्रिय निर्देशक श्याम भट्टराई एतिबेला हाम्री दाई कि साली अलि अलि काली ….. को छायॉकन का लागी लस भेगास मा आइपुगेका छन लस भेगासका बिभिन्न रमणिय स्थानमा धमाधम छायॉकन कार्य भैरहेकोछ यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरात के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभै शब्द संगीत र स्वोर पनि ऊनै भट्टराइको रहेकोछ, श्याम भन्छन मैले मेरो पेसा भन्दा अलग काम गर्ने कोशिश गरेको छु हेरम मेरा दर्शक श्रोता ले कत्तिको मन पराउनु हुन्छ, भिडियो मेकिङ को बारेमा अगाडि थप्छन हामीले यस म्युजिक भिडियोमा केहि नयॉ मात्र हैन राम्रा लोकेसनमा छायॉकन गरिरहेका छौ त्यसैलेपनी यो भिडियो अरु भिडियो भन्दा फरक पाउनुहुनेछ, “हाम्री दाइ कि साली” मा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईटेल साथै गोविन्द सापकोटा सुमन सिवाकोटी का साथै निर्देशक भट्टराई लाई पनि देख्न सकीनेछ यस्लाई क्यामरामा कैदगर्ने काम शंकर राज वाग्ले (S.Raj) ले गरेकाहुन साथै शरण सेठ्ठि ले क्यामरा सहायक मा सहयोग गरेका छन!

केहि समय देखी अमेरीका मा बस्दै आउनु भएका निर्देशक भट्टराई नयॉ नेपाली चलचित्रको पनि तयारी भैरहेको र केहि महिना भित्रै छायॉकन कार्य थाल्ने
जानकारी दिए !

साथमा भिडीयो रिपोर्ट

 

प्रतिक्रिया