“हाम्री दाइ कि साली ” खोज्दै लस भेगास पुगे पछि ,भिडीयो सहित

इनेप्लिज २०७३ चैत १ गते २३:१३ मा प्रकाशित

नेपाली चलचित्र जगतका एक सफल अनि लोकप्रिय निर्देशक श्याम भट्टराई यतिबेला हाम्री दाई कि साली अलि अलि काली ….. को छायॉकनका लागी लस भेगास मा आइपुगेका छन l

लस भेगासका बिभिन्न रमणिय स्थानमा धमाधम छायॉकन कार्य भैरहेको छ l यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभै शब्द संगीत र स्वर पनि उनै भट्टराइको रहेको छ l श्याम भन्छन ,मैले मेरो पेसा भन्दा अलग काम गर्ने कोशिश गरेको छु l

हेरौ मेरा दर्शक श्रोता ले कत्तिको मन पराउनु हुन्छ, भिडियो मेकिङको बारेमा अगाडि थप्छन हामीले यस म्युजिक भिडियोमा केहि नयॉ मात्र हैन राम्रा लोकेसनमा छायॉकन गरिरहेका छौ l त्यसैले पनी यो भिडियो अरु भिडियो भन्दा फरक पाउनु हुनेछ उनि भन्छन l

“हाम्री दाइ कि साली” मा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईटेल साथै गोविन्द सापकोटा सुमन सिवाकोटीका साथै निर्देशक भट्टराई लाई पनि देख्न सकीने छ l

यस्लाई क्यामरामा कैद गर्ने काम शंकर राज वाग्लेले गरेका हुन साथै शरण सेठ्ठि ले क्यामरा सहायकमा सहयोग गरेका छन l केहि समय देखी अमेरीकामा बस्दै आउनु भएका निर्देशक भट्टराई नयॉ नेपाली चलचित्रको पनि तयारी भैरहेको र केहि महिना भित्रै छायॉकन कार्य थाल्ने जानकारी दिए l

भिडीयो सहित

प्रतिक्रिया