“बाल्टीमोर हिन्दु बुद्द मन्दिर ” अवसर, संम्भावना र चुनौतीहरू !

इनेप्लिज २०७३ चैत २ गते १३:५३ मा प्रकाशित

 

“भगवान सबैका साझा हुन” र “भगवानको शरणमा एकदिन सबैले आउनै पर्नेछ र आउनेछन” मैले शुरू मैं लेखेको थिए ।

सलाम :

केहि उत्साही युवाहरू द्वारा बाल्टीमोरमा मन्दिर बनाउने कार्य अन्तिम चरणमा पुर्याइसकेका छन । उनीहरूले सधै भरि पद र प्रतिष्ठाको पछाडि दौडिने नेतृत्ववर्गलाई राम्रै पाठ सिकाएका छन । स्वस्फुर्त रूपमा जनसमुदायले पनि यस पवित्र कार्यलाई बिस्तारै सहयोग गरिरहेकाछन । बाल्टिमोर मै प्रथम नेपाली मन्दिर बन्न लागेकोमा सबै समुदाय निक्कै उत्साहित देखिन्छन ।

स्वयंसेवक अगाडी नेतृत्व पछाड़ी :

यसरी राम्रो काम गरे जनसमुदायबाट सहयोग पाइदो रहेछ भन्ने उदारणिय शिक्षा दिई संस्थाहरूको आखा खुलाई दिएका छन । अब सबै नेतृत्व बर्गले आ आफ्नो ब्यक्तिगत स्वार्थ र महात्वाकाक्षालाई थाती राखेर सधै समुदायलाई साथ लिएर गएमा सामुदायिक कार्यमा गर्न सकिने रहेछ भन्ने नमुना प्रस्तुत गरेका छन ।

एक आपसमा एक अर्काको खुट्टा तान्ने प्रबृतीबाट पर हटेर आपसी पारस्परिक सहयोग र सद्भाव क़ायम राख्ने पाठ सिकाएका छन ।

चुनौतीहरू :

करिव ३१ एकड़मा फैलिएको जग्गा आफैमा एक अवसर हो भने अर्को तिर चुनौती । यति धेरै जग्गाको जब सम्म ठोस रूपमा सहि योजना र अधिकतम उपयोग हुदैन, कर, संरक्षण र सुरक्षा को भार मात्र हुन आउने कुरा पक्का छ ।

अर्को तिर तिन तले विसाल बंगला छ । ६/७ वटा ठुला ठुला सुविधायुक्त कोठाहरूको पनि कसरि संरक्षण र अधिकतम उपर्युक्त सदुपयोग गर्ने भन्ने पनि आफैमा चुनौती छ । यदि यि कोठाहरू दिर्घकालिन योजनाको साथमा केहि आर्थिक आय आर्जन गर्ने कार्यमा लगानी गर्न सकेको खण्डमा आर्थिक ब्यबस्थापनमा पक्कै टेवा मिल्ने छ।

हिन्दू बुद्द नामाकरण गरिएपनि बाल्टिमोर र मेरिल्याण्ड वरपर बस्ने सबै देशका हिन्दु र बुद्ध धर्म मान्नेहरूलाई समेट्न सकि सकिएको छैन । बिस्तारै समेट्न सकेको खण्डमा ठुलो अवसरका साथ चुनौती भने पक्कै छ ।

मेरिल्याण्ड भित्रै केहि नेपाली मन्दिर स्थापना भएता पनि दिर्घकालिन योजना र ब्यबस्थापनको अभावमा चलाउन धै धै परेको यथार्तता संगै हामीहरू बेलैमा होसियार र चनाखो हुनु ज़रूरी छ ।

कुराले भन्दा कामले जित्यो :

बाल्टीमोरबासी लाई मन्दिर भन्दा पहिला सामुदायिक भवन आवस्यकता थियो भन्नेहरू पनि बाक्लै पाइन्छन । मन्दिर परिसरमा जतिसुकै ठुलो जग्गा र भवन भए पनि आफ्नै परिबन्ध भएकाले धार्मिक कार्यक्रम बाहेक अन्य भोज भतेर र पार्टीहरू गर्नको लागि बिकल्प सोच्नु पर्ने बाध्यता चुनौती थपिएको छ ।

अवसर :

केहि अग्लो भागमा स्वच्छ्य वातावरणमा अवस्थित बिसाल जग्गा र भवन, हिन्दु बुद्ध मन्दिरको साथमा सांस्कृतिक केन्द्र, बिभिन्न खेलकूद , योग साधना । यदि नेपाली पर्यटन केन्द्रको रूपमा बिकसित गर्न सकियो भने बाल्टीमोरबासीको तालुमा आलु फल्ने थियो ।

अभिवादन :

स्वयंसेवकिय कार्य सजिलो भने पक्कै छैन । घर, परिवार र काम छोडेर लाग्नु पर्ने । औला ठड्याउनु र भन्न जति सजिलो छ गर्न तेति सजिलो पक्कै छैन । यस्तो चुनौतीपूर्ण कार्यमा अहोरात्र खट्ने सबै सबै स्वयंसेवक साथीहरू लाई हृदयदेखि नै नमन !

“हाम्रोलाई भन्दा राम्रोलाई राम्रो” भन्ने हिम्मत र सोच्ने मानसिकताको बिकास सबैमा हुन सकोस ।

हामी सबै मिलेर मेरिल्यान्डबासीको सुनौलो भबिष्य कोर्न सफलता मिलोस !

सबैलाई शुभकामना !!!

 

महेश भट्टराई

प्रतिक्रिया