अमेरिकाको भर्जिनिया निवासी राम न्यौपाने र गोमा न्यौपानेको प्रयासमा खोटाङ्ग जिल्लामा संञ्चालन भईरहेको साईबर अपराध र सुरक्षा सम्बन्धि तालिम प्रभावकारी बन्दै

इनेप्लिज २०७३ चैत २ गते १९:५४ मा प्रकाशित

बिष्णु प्रिया रिजाल, मार्च १२, २०१७ खोटाङ्ग जिल्ला (काठमाण्डौ) – हाल अमेरिकाको भर्जिनीया निबासी एक सफल व्यसायी तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने नेपाली सपुत राम न्यौपानेको प्रयास र प्रायोजकमा खोटाङ् जिल्लाको उच्च माध्यमिक विद्यायलयहरु र क्याम्पसहरुका शिक्षक तथा बिधार्थीहरुलाई कसरी साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा कार्यक्रमहरु ब्यापक रुपले अगाडि बढिरहेको छ र सहभागिहरु पुर्णरुपले लाभान्वित भएका छन।

करिब ५ घण्टा सम्म चल्ने यो कार्यक्रम ८ देखि क्याम्पस तह सम्मका बिधार्थीहरुलाई साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका संयोजक निरज अधिकारी प्रयोगात्मकद्वारा तालिम सहभागि दिईएको छ । कार्यक्रमको सुरुवातमा प्रायोजक राम न्यौपानेले विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । सुरुवातमा बिभिन्न अतिथीहरुले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक राम न्यौपानेको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई जानकारि गराईएको छ । आँफु पढेको र आफ्नो जिल्लामा रहेका स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने राम न्यौपानेलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ। अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संपर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया