पोखरा महा नगरपालिकाको नगर प्रमुखको लागि तिवारी द्वारा उम्मेद्धवारी घोषणा(भिडियो सहित)

इनेप्लिज २०७३ चैत २ गते २२:३५ मा प्रकाशित

पोखरा महा नगरपालिकाको नगर प्रमुखको लागि नन्दप्रसाद तिवारीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि उम्मेद्धवारीको घोषणा गरेका छन् l उनले आफ्नो उम्मेदवारी संगै आफुले नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार दिएको बताए l र आफ्ना कुराहरु राख्दै आफुले नेपाली काग्रेसमा गरेका काम ,योगदान र उठाएका मुद्धाहरु को बारेमा समेत चर्चा गरे l

उनले समग्र पोखराको समुचित विकास गरि सम्वृद्ध पोखरा निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता गर्दै उम्मेद्धवारी घोषणा गरेको बताए । उनले आफु नगर प्रमुखमा बिजयी भए कुनै सेवा सुविधा नलिने र महानगरबासीको सेवा गर्ने घोषणा समेत गरेका छन् l

उनले पोखरालाई स्वास्थ्य,शिक्षा तथा मनोरंजनको लागि राष्ट्र कै राजधानी बनाउने प्रतिज्ञा गरे l पोखराको विकासका लागी ३३ वटा योजना सहित उम्मेद्धवारी घोषणा गरेका तिवारीले आफु निर्वाचित भए सुन्दर र उदारणीय महानगर बनाउने बताए । उनले पोखरालाई सरसफाई शहर बनाउने र फराकीलो समेत बनाउने बताए l

कास्कीमा उम्मेद्धवारका प्रत्याशी धेरै भए पनि पत्रकार सम्मेलन गरेर उम्मेद्धवारी घोषणा गर्नेमा तिवारी पहिलो उम्मेद्धवारको आकांक्षी भएका छन् । जिल्लामा १ महानगरपालिका ४ गाउँपालिका रहेका छन भने करिब ५ लाख जनसंख्यामा २ लाख २५ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया