खोटाङ्ग रोधीको प्रस्तुति सेवारो छ झोर्ले बजारमा (भिडियो सहित)

इनेप्लिज २०७३ चैत ४ गते १:०२ मा प्रकाशित

काठमाडौं, २ चैत। देश तथा विदशमा छरिएर रहेका लोक पारखिहरुको साझा चौतारी खोटाङ्ग अनलाईन रोधी घरमा बस्ने कलारको संख्यामा बृद्धि हुँदै गएको छ ।
देश तथा विदशमा बसेर नेपाली लोक तथा दोहोरी गीतको विकासको निम्ति सर्जकहरूले सक्दो योगदान दिएका छन्। खाडिमा पशिनाको खोलो बगाउँन विवस नेपाली यूवाहरूले बचेखुचेको समयलाई उपभोग गर्दै नेपालको सास्कृतिक पक्षमा ओकालत गर्नु राम्रो कुरा हो । आमाको फाटेको चोली, सन्तान,श्रीमतीको नाना र खानाको लागि प्रदेशीहरूका मन दुःखले कोतारिएका छन्। विवस छन्।

काममा हुँदाहुँदै पनि लोक तथा दोहोरी गीतका भाकामा आफ्ना आफन्त सम्झीनछन्। आफ्ना मायालु मनहरूलाई सम्बोधन गर्ने गर्दछन्् ।नयाँ नयाँभाकाहरूको जन्मदिन्छन्।

यसको पछिल्लो उदाहरण‘सेवारो छ झोर्ले, कलाकार बनाउँछ, विश्वमा चिनाउँछ, खोटाङ्ग रोधी घरले’ बोलको गीत हो । जस्मा शब्द होमनाथ कुँवरको रहेको छ भने, लय भूमिका शाहको रहेको छ । प्रकाश निरौला र भुमिका शाहको समुधुर स्वर रहेको छ। रोधी घरका स्थापक लभ्ली तुल्सि, संयोजक दुःखि प्रसाद रहेको यस संस्थाले नयाँ प्रतिभालाई प्रोत्साहन दिने लक्ष्य राखेको छ।  यस गीतमा काजिश श्रेष्ठ, कृष्टिना पुन र समिक्षा घतानेको अभिनय रहेको गीतको निर्देशन काजिश श्रेष्ठले गरेका छन्। सुजन शाहीको सम्पादन तथा सागर गौतमको छायांकन रहेको यस गीतको बजार व्यबस्थापन कामना डिजिटल प्रा.लिले गरेको छ।

प्रतिक्रिया