जीवनका रंगहरु ( Colors of Life)

इनेप्लिज २०७३ चैत ५ गते २२:११ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यारोलाईना राज्यमा बसोबास गर्नु हुने सुनिल ढुंगेल एवम् सुजाता ढुंगेल l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –
१) जीवन (Life) के हो ?
— दु:ख र सुखका साथ चल्ने कल्पना भन्दा बाहिरको सुन्दर यात्रा |
२) खुशी (Happiness) के हो ?
— किनेर नपाईने, मागेर, नपाईने र बांडेर नसकिने आत्मसन्तुस्टी |
३) कर्तब्य (Responsibility) के हो ?
— समयानुसारको प्राथमिक कर्म |
४) सम्बन्ध (Relationship) के हो ?
— माया, विश्वाश, र त्यागको सम्मिश्रण |
५) आत्मीयता (Intimacy) के हो ?
— गहिरो विश्वाशको भावनात्मक सम्बन्ध ||

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता,सुवास ढकाल :

प्रतिक्रिया