दामोदर पुडासैनीलार्ई शंकर लामिछाने युबा निबन्ध पुरस्कार प्रदान

इनेप्लिज २०७३ चैत ६ गते १३:१६ मा प्रकाशित

काठमाडौं, ५ चैत्र २०७३ ,शंकर लामिछाने प्रतिष्ठानले बि.सं.२०७३ सालको ुशंकर लामिछाने युबा निवन्ध पुरस्कारु बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर लाई एक भव्य समारोहबीच प्रदान गरेको छ । शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न्न भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.बिष्णु विभु घिमिरेले दामोदर पुडासैनी किशोरलाई ुशंकर लामिछाने युबा निबन्ध पुरस्कारु, बालकृष्ण पोखरेललाई ुशंकर लामिछाने निवन्ध पुरस्कारु र मदनमणि दीक्षितलाई ुशंकर लामिछाने सम्मानु अर्पण गरिएको थियो ।

शंकर लामिछानेकी धर्मपत्नी एवं शंकर लामिछाने प्रतिष्ठानकी संरक्षक रत्ना लामिछानेले पुरस्कृत र सम्मानित तीनैजना स्रष्टाहरुको योगदान अतुलनीय छ भन्नु भयो । बरिष्ठ नियात्राकार तारानाथ शर्माले शंकर लामिछानेसंगको आफ्नो बसउठको प्रसङ्ग स्मरण गर्दै नेपाली साहित्यमाा ुनियात्राु शव्दको प्रथम प्रयोक्ता बालकृष्ण पोखरेल, नियात्राकार दामोदर पुडासैनी र हरेक बिषयमा गम्भिरतापूर्वक लेख्न सक्ने मदनमणि दीक्षीतलाई एकै ठाउँमा राखेर पुरस्कृत र सम्मानित गर्न सक्नुले प्रष्ठिानको गरिमा अझ बढेको छ भन्नु भयो ।

नियात्राकार युबराज नयांघरेले शंकर लामिछानेको उपस्थितिले नेपाली नियात्रा लेखनमा फडको मारेको कुरा बताउनु भयो । सो अबसरमा नरेन्द्रराज पौडेलकाो विमोचनको विगविगी नामक कृति मञ्चमा आसिन सवैले एकैसाथ विमोचन गरेका थिए भन्ने बिमोचित कृतिका बारेमा कृतिका लेखक र समालोचक डा.ज्ञानुपाण्डेले प्रकाश पार्नु भएको थियो ।

पुरस्कृत र सम्मानित व्यक्तिको व्यक्तित्वका वारेमा समालोचक डा. लक्ष्मण प्रसाद गौतमले प्रकाश पार्नु भएको उक्त कार्यक्रमको साहित्यकार सिन्धु गौतमले संयोजन गर्नु भएको थियो ।

प्रतिक्रिया