कृयटिभ नेपाल युथ अर्गनाईजेशनको नेपाली विधालय सन्दर्भमा अभिभावक सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ चैत ७ गते २३:५० मा प्रकाशित


कृयटिभ नेपाल युथ ओर्गनाईजेशनले यही आईतवार आगामी २६ मार्च २०१७ आइतबारबाट अल्बनी सिनियर सेन्टरमा बालबालिकाको लागि  नेपाली कक्षा संचालन गर्न इष्टवे एरियावासी अभिभावकहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।

उक्त अन्तर्क्रिया कार्यक्रममा बे एरियामा बसोबास गर्नुहुने करिब ५० जना अभिभावकहरुको उपस्थिति रहेको थियो,सो अन्तर्क्रिया कार्यक्रममा समाजका अगुवाहरु राजन थापा ,अनिल पाण्डे ,टिका लम्साल ,एनआरएनए अमेरिका का मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्ले ,अमृत कुँवर ,सन्दीपबाबु चौधरी, नुरेन बराल ,इश्वर सिटौला ,पदम नेपाल ,बिजया सुबेदी,चुडामणि शास्त्रि सहित सस्था को सभापति सुबाश थापा नेपाली विधालयको कार्यक्रम सयोजक धूर्ब बस्याल लगायत अन्यले आफ्नो अनुभव तथा विधालय संचालन गर्दा अपनाउनु पर्ने प्रक्रिया तथा भाबी चुनौती विषयमा आफ्नो  धारणा राख्नु भएको थियो |

स्मरण रहोस् ,यस सस्थाले स्थापन काल देखि नै नेपाली विधालय संचालन गर्दै आएकोमा करिब एक वर्ष देखि विभिन कारण स्थगन भएको थियो |

नेपाली विधालय हरेक महिनाको दोस्रो तथा चौथों आइतबार दिनको १ बजे देखि ३ बजे सम्म ८४६ मसोनिक एव ,अल्बनी( अल्बनी सिनियर सेन्टर ) मा हुने सबैमा जानकारी गर्दछौ |

धन्यवाद
पुण्य कार्की
महासचिब

 

प्रतिक्रिया