अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा क्यालिफोर्नियामा उठ्यो महिला हक अधिकारको कुरा

इनेप्लिज २०७३ चैत ९ गते ७:२२ मा प्रकाशित

२१ मार्च, २०१७, क्यालिफोर्निया । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपाली समुदायबीच महिला हक अधिकारमा केन्द्रीत भएर भव्य कार्यक्रम आयोजना गरिएको छ । अमेरिकामा महिला हक अधिकारको विषयमा विगत लामो समयदेखि क्रियाशील ‘एनडब्लुजीएन’की अध्यक्ष सुस्मिता सिजापतीको सभापतिमा सम्पन्न सो कार्यक्रमको पास्ट डिस्ट्रिक गर्भनर, जिएमजी एण्ड जीएटी कोअर्डिनेट लिन्डा ग्रिफिन प्रमुख अतिथिको रुपमा रहनुभएको थियो भने विशेष अतिथीको एनआरएन एनसीसीकी उपाध्यक्ष एवं भावी अध्यक्षका प्रत्यासी रविना थापा रहनुभएको थियो । अत्यन्तै सटिक ढंगले आफ्नो मन्तव्य राख्नुभएकी थापाले नेपालका प्रमुख निकायमा महिलाले नेतृत्व गर्नु नेपाली महिलाहरुको लागि मात्रै नभै सिँगो विश्वको लागि खुसीको कुरो भएको बताउनुभयो ।

राजनीतिक दलहरुले पनि महिला सहभागितालाई उचित स्थान दिँदै उनीहरुको क्षमता अनुसार उनीहरुलाई ठाउँ दिएकोप्रति उहाँले आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –“राष्ट्रपति, सभामुख र प्रधानन्यायधीशका रुपमा महिला दिदीबहिनीहरु पुग्नुभएको छ । यो राष्ट्र र महिलाहरुको लागि गौरवको विषय हो । यो सफलतालाई हामीले उत्सवका रुपमा मनाउनुपर्दछ ।’’

थापाले महिलाले नेतृत्व विकास गर्नु भनेको आफ्नै भविष्यलाई सुन्दर बनाउनु भएकोमा जोड दिनुभयो । उहाँले आफूसँग भएको क्षमतालाई बुझेर मेहन र इमान्दारिताका साथ अघि बढ्न सके एकदिन सफलता अवश्य प्राप्त हुनेमा जोड दिनुभयो । महिला पुरुष एक रथका दुई पाङ्ग्रा भएकोले पुरुष विनाको समाज भने कल्पना समेत गर्न नसकिने बताउनुभयो । महिला र पुरुष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले अब दिवसमा केन्द्रीत हुने नभै सक्षम बन्ने बाटोमा अघिबढ्नुपर्ने बताउनुभयो ।

हरेक महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने ढंगले सोच्नुपर्नेमा जोड दिँदै उहाँले पछिल्ला वर्षहरुमा नेपाली समाजमा भएको परिवर्तनको पनि मुक्त कञ्ठले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो –“अब छोरी जन्मँदा दुःख होइन, खुसी हुने दिन आएको छ तर गर्भ पहिचान गरेर छोरी भए उसको हत्या गर्ने चलन भने अझै हट्न सकेको छैन । यसप्रति सबै गम्भीर बन्नुपर्दछ ।’’

थापाले भोलिका दिनमा महिलाहरु आत्मनिर्भर र आर्थिक रुपमा सम्पन्न हुने बाटोमा लाग्न महिला दिदीबहिनीहरुलाई आग्रह समेत गर्नुभयो । महिलाले नेतृत्व गरेका हरेक संघ संस्था बलियो रहेको उदाहरण पेश गर्दै थापाले चुनौतीलाइ सामना गरेर आफ्नो गन्तव्यमा पुग्न महिलाहरुलाई सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाकी संस्थापक सभापति विष्णुकुमारी गुरुङ्ग एकताले पनि धन्यावाद दिनुभएको थियो । उहाँले महिला अधिकारलाई सुनिश्चित गराउन एनडब्लुजीएन स्थापना भएको स्मरण गर्दै भोलिका दिनमा पनि महिलाहरुलाई सवल र सक्षम बनाउन संस्थाले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । उहाँले महिला सशक्तिकरण एबम जागरण नै संस्थाको एकमात्रै लक्ष्य भएको भन्दै टिकट तथा दानबाट प्राप्त रकम मध्ये ५० प्रतिशत नाफा सामाजिक सेवाको क्षेत्रमा सदुपयोग गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले आफूलाई चिनेर स्वतन्त्र रुपमा जिवन बिनाउँदै सत्कर्मबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो । समाजका लागि केही गरौं भन्ने भावनाको विकास गरेमात्रै देश र सिँगो समुदायको विकास हुने महिलाको हक अधिकार पनि सुनिश्चित हुने उहाँको भनाई छ ।

एनडब्लुजीएन क्यालिफोर्निया च्याप्टरले गरेको सो कार्यक्रमको उद्घोषण संस्थाका सचिव सुनिता भण्डारी थापा र संगीता गुरुङ्गले संयुक्त रुपमा गर्नुभएको थियो । अत्यन्तै सभ्य र भव्यरुपमा सम्पन्न सो कार्यक्रममा अमेरिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जनसम्पर्क समितिका सभापति पूर्ण शेर्पा, तामाङ् सोसाईटीका अध्यक्ष कुमार दोङ, नान्सका पूर्व महासचिव रविन्द्र राई, एनसीसीका सभापति उत्तम कार्की, लाईन्स क्लव अफ फ्रिमोण्डका सभापति सन्तोष गिरी, लाइन्स क्लव अफ स्यान्डियान्ड्रो सभापति चन्द्र धिताल,लाइन्स क्लव अफ मकालुका सभापति मनोहरा बोगटी, सन्नी सगरमाथाका सभापति गंगाबहादुर केसी, जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी, सचिव ईश्वर सापकोटा लगायतका थुप्रै संसंस्थाको उपस्थिति सहभागिता रहेको थियो । सो कार्यक्रम सम्पन्न गराउन एनडब्लुजीएनकी पूर्व अध्यक्ष गीता श्रेष्ठ तथा संस्थापक अध्यक्ष विष्णु गुरुङ्गको विशेष योगदान रहेको बताइएको छ ।

कार्यक्रमको संयोजन सुनिता सापकोटाले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको संयोजन सबिता भट्टराईले गर्नुभएको थियो । यस्तै कोरियोग्राफरको भूमिका बिन्दु सापकोटाले निभाउनुभएको थियो । यस्तै, बक्तृत्वकला संचालक लक्ष्मी खरेल, सांस्कृतिक कार्यक्रम संचालक बिन्दु सापकोटालाई र सबिता भट्टराईले गर्नुभएको थियो । सो कार्यक्रममा भएको बक्तृत्वकलामा गीता डंगोल, बिष्णु सुबेदी, बिन्दु सापकोटा, संगीता पोख्रेल, रिता देवी प्रधान, र साहना श्रेष्ठ तथा सांस्कृतिक कार्यक्रममा लक्ष्मी खरेल, अंशु पौड्याल, सफलता दुलाल, अनिता बिश्वकर्मा, लाभाना महर्जन, आर्यमन दाहाल, एकराज राउत, प्रकाश पोखरेल, निशा दवाडी, सुरंगना सिजापति लगायतको महत्वपूर्ण सहभागिता रहेको थियो ।

यस्तै स्वयंसेवीको रुपमा भूमिका निर्वाह गर्नुहुने गुजेस्वोरी केसी फोटोग्राफर गोविन्द शाही, बिनोद के सि, कृष्ण केसी तथा ध्रुब कुँवर लगायतलाई पनि कार्यक्रम आयोजले विशेष धन्यावाद दिएका छन् । स्वादिस्ट परिकार बनाउने हिमालयन फ्लेवर र लक्ष्मी चौधरीलाई तथा कार्यक्रमका सन्दिप बाबु चौधरीलाई पनि विशेष आभार प्रकट गरिएको छ ।

यसका अलावा एनडब्लुजीएनका क्यालिफोर्निया च्याप्टरका कार्यसमितिका सदस्इहरुले पनि विशेष भूमिका निर्वाह गर्नुभएको बतायएको छ । यसैबीच सो कार्यक्रमका दौरानमा उठेको रकम भोलिका दिनमा समाज सेवामा लगानी गर्ने प्रतिबद्धता पनि आयोजकले गरेको छ । यो रकम भध्ये केही अंश हामि बे एरियामा बसोबास गर्नु हुने दिदि बहिनीको शिप विकासू कार्यक्रममा खर्च गर्ने र यसको घोषणा छिट्ट्टै गर्ने संस्थाकी अध्यक्ष, सुष्मिता खड्का सिजापति तथा महासचिव सुनिता भण्डारी थापा लगयातले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई सफल बनाउन निम्न संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग प्रदान गरेका थिए Casa Azteca Restaurant – $100 Harry Singh – $100 Ishwor Sitaula – $100 Kalpana Lama – $100 Kamala Kandel – $50 KC Tax Service (Ganga KC) – $100 NRN NCC USA, CA Chapter – $100 Prakash Thapa – $100 Purna Sherpa – Tea Rabindra Rai – $100 Ravi Singh Basnet – $111 Sagarmatha Account Service (Bishnu Karki) – $100 Sowmya Thovar – $50 Subash Sijapati – $100 Uttam Karki – $100

प्रतिक्रिया