अधिवेशन सम्पन्न मार्च १९, मिल्वाकी नेपाली परिवारको दोस्रो अधिवेशन भब्यता पूर्वक सम्पन्न भयो ।

इनेप्लिज २०७३ चैत ९ गते २१:०८ मा प्रकाशित

न्यू वर्लिन कम्युनिटि सेन्टरको सभाकक्षमा भएको उक्त कार्यक्रममा झण्डै २०० जना सदस्यहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम वार्षिक विवरण सार्वजनिक र निर्वाचन गरी दुई चरणमा सम्पन्न भएको थियो । दिनको १.०० बजेबाट वार्षिक आय ब्यय विवरण तथा अन्य छलफल कार्यक्रमहरु शुरु गरिएको थियो भने ४.०० बजेबाट निर्बाचनको कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थापक अध्यक्ष श्री तिलक के.सीले संस्थाको वर्तमान अवस्था ,संस्थापनकाल देखिका चुनौतिहरु तथा गत बर्ष संस्थाले सम्पन्न गरेका मुख्य मुख्य सामाजिक कार्यक्रमहरुको बिषयमा उपस्थित साधारण सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । साथै आफ्नो कार्यकालमा बोर्ड टिममा रही सहयोग गर्नु हुने सम्पूर्ण बोर्ड टिम सदस्यहरुलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रममा सचिव श्री सुमन उप्रेती र कोषाध्यक्ष श्री भुपेन्द्र बिष्टले आय ब्यय तथा अन्य बार्षिक कार्यक्रमहरुको विवरण प्रस्तुत गरी छलफलका लागि प्लोर ओपन गर्नु भएको थियो । दोस्रो चरणमा सम्पन्न भएको निर्वाचन कार्यक्रममा विधानत खाली भएको अध्यक्ष लगायत ५ जना बोर्ड मेम्बर सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।

अध्यक्ष पदका लागि एक जना मात्र उम्मेवार भएकाले निर्विरोध श्री भुपेन्द्र बिष्ट अध्यक्षमा निर्वाचित भएका छन् भने बोर्ड मेम्बरमा ९ जना प्रतिस्पर्धी मध्यबाट श्री सरिता पन्नाचन, श्री गोबिन्द प्रसाद पौडेल, श्री निर्मल कुमार गिरी उर्फ राजु ,श्री अर्जुन बहादुर अधिकारी र श्री दीपक राज पन्त निर्वाचित भएका छन् । कार्यक्रम राति ८ बजे अत्यान्न सौहार्द पूर्वक वातावरणमा समापन गरिएको थियो ।

प्रतिक्रिया