रानीपोखरीको चारसय वर्षको इतिहास कहिले ब्यूँतन्छ ?(भिडियोसहित)

इनेप्लिज २०७३ चैत ११ गते ०:१५ मा प्रकाशित

चार सय वर्षभन्दा पहिले मानव निर्मित रानीपोखरी ऐतिहासिक राष्ट्रिय सम्पदा २०७२ वैशाख १२ गतेको भूकम्पले ग्रस्त बनेको छ । रानीपोखरीको पूर्वपट्टि रहेको बालगोपाल मन्दिर भत्किएपछि यसको पुनःनिर्माण गर्न थालिए पनि विवादले गर्दा अहिले काम रोकिएको छ । पुनःनिर्माणका लागि रानीपोखरीको पानी सुकाइएको छ भने त्यहाँका माछा अन्यत्र सारिएको छ । एकसय असी मिलर लम्बाइ र १४० मिटर चौडाइ रहेको र ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको रानीपोखरीको सो मन्दिर वि.सं १९९० को भूकम्पमा पनि भत्किएको थियो । तर, तत्कालीन श्री ३ जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई तत्कालै अहिलेको स्वरूप दिएका थिए ।

रानीपोखरी मात्र हैन, उपत्यकाभित्र रहेका राष्ट्रिय सम्पदाहरुको पनि तत्काल पुनःनिर्माण गरिएको थियो । त्यतिबेला न विदेशी सहायता चाहियो न अहिलेको जस्तो प्रविधिको सुविधा । तर, पनि दुई वर्ष बित्न लाग्दा पनि रानीपोखरी लगायत सम्पदाहरुको पुनःनिर्माण हुन सकेको छैन ।

राष्ट्रिय सम्पदाहरु जतिसक्दो चाँडो निर्माण गरिसक्नुपर्नेमा अनेक विवाद झिकेर त्यसलाई अल्मल्याउने काम मात्र भैरहेको धेरैको गुनासो छ । विश्व सम्पदा सूचीमा सूचिकृत अन्य सम्पदाहरुको दयनीय अवस्थाले नेपाल सरकारको कामगर्ने क्षमतालाई गिज्याइरहेको छ ।

 

प्रतिक्रिया