धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ न्युजिल्याण्डमा कार्यक्रम हुदै

इनेप्लिज २०७३ चैत ११ गते ४:०६ मा प्रकाशित

 

न्युजिल्याण्डको अकल्याण्ड स्थित न्युजिल्याण्ड नेप्लिज एसोसिएसनले धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ आउदो अप्रिल महिनाको २२ तारिख शनिवारका दिन एक बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । यसमा न्युजिल्याण्डका विभिन्न ठाउमा बस्ने नेपालीहरुको सहभागिता हुनेछ । धुर्मुस सुन्तली फाउन्डेसनले भूकम्प पिडितहरुको र गरिव तथा पिछडीएका जनताकोलागी गर्दै आएको पुननिर्माण तथा सहयोग कार्यक्रमहरु प्रभावकारी भएको हुँदा यसप्रति यहाका नेपालीहरुको सदासयता र सद्भावना रहेकोले यो कार्यक्रमबाट केहि रकम उठाई सहयोग गर्न एसोसिएसनले एक बृहत कार्यक्रम गर्न लागेको बताइएको छ । झन्डै ८०० दर्शक अट्ने डोरोधि विन्स्टन सेन्टरको हलमा हुने कार्यक्रममा विभिन्न संघ संस्था लगायत अकल्याण्ड काउन्सिलको पनि प्रतिनिधित्व हुनेछ । एसोसिएसनले खासगरीकन न्युजिल्याण्डको अकल्याण्डमा रहनु भएका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भइ धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्न आह्वान गरेको छ ।

हरेक दुई वर्षमा नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुदै आएको कार्यक्रमलाई नेप्लिज एसोसिएसनले सन् २०१५मा भूकम्प पिडितहरुको सहयोगार्थ “सहयोग साँझ” नामकरण गरी उठेको रकम रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया