स्वर्गद्वारी जीप दुर्घटनाका मृतक सबैको सनाखत

इनेप्लिज २०७३ चैत ११ गते ७:३१ मा प्रकाशित

काठमाडौं ,११ चैत । ललितपुरबाट तीर्थयात्री बोकेर प्यूठानको स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ ।

स्वर्गद्वारी नजिकै रुमालेमा शुक्रवार विहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते छन् ।

मृत्यु हुनेहरुमा ललितपुर महानगरपालिका-१४ तिसेदेवलका दिनेश बस्नेत तथा उनका छोरीहरु दिक्षा, पद्मा र दिया छन् ।

त्यस्तै सोहि ठाउँका सुनिता श्रेष्ठ र श्रृष्टी खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

दुर्घटनामा घाईतेहुनेहरुमा सवारी चालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्राथमिक उपचार पछि थप उपचारका बुटवल रिफर गरिएको छ ।

९ जना सवार जीप सडकबाट करिव १५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया