पुरस्कारका लागि आवेदन आह्वान

इनेप्लिज २०७३ चैत ११ गते ८:२५ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकामा रहेका नेपाली मूलक पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यस बर्षदेखि ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ स्थापना गर्न लागेको यहाँहरु सबैलाई पुनः स्मरणगराउन चाहन्छौं ।

आगामी मे ६ र ७ मा वासिंटन डिसीमा आयोजना हुने नेजाको ११ औं साधारण सभामा उक्त पुरस्कार घोषणा गरिनेछ । पुरस्कारको राशी एक हजार एक सय डलर रहेको छ नेजा कार्य समितिको निर्णयअनुसार पुरस्कारका लागि एक स्वतन्त्र छनौट समिति गठन गरिएको छ । समितिसँगको परामर्श बमोजि पुरस्कारका लागि यस सूचनामार्फत आवेदन आह्वान गरिन्छ ।

आवेदनका लागि निम्न शर्तहरु निर्धारण गरिएको छ-

१) आवेदकले सन् २०१६ भित्रमा प्रकाशित वा प्रसारित आफ्ना तीन उत्कृष्ट
समाचार, अनुसन्धनात्मक लेख वा समाचारमूलक कार्यक्रम पेश गर्नुपर्नेछ ।

२) नेपाली समुदायको हित प्रवद्र्धन गर्ने खालका समाचार, अनुसन्धनात्मक
लेख वा समाचारमूलक कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।

३) अमेरिकामा रहेर कम्तीमा दुइ बर्ष पत्रकारिता क्षेत्रमा कुनै न कुनै
रुपमा सक्रिय रहेको पक्षलाई पनि ध्यान दिइनेछ ।

४) आवेदन आगामी अप्रिल २५ तारिखसम्म प्राप्त हुनुुपर्नेछ ।

५) प्राप्त आवेदनमाथि पुरस्कार छनौट समितिले गर्ने निर्णय नै अन्तिम हुनेछ ।

६) इच्छुक पत्रकार साथीहरुले आफ्ना प्रकाशित समाचार सामग्री नेजाको
सम्पर्क इमेलः [email protected] मा पठाउन अनुरोध गर्दछौं ।

तोया दाहाल
महासचिव, नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया