काठमाडौँ, ११ चैत । सरकारले आव २०७२÷७३ मा २२ लाख ६५ हजार ५३५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ र बालबालिकालाई रु ३२ अर्ब ६९ करोड ९९ लाख वितरण गरेको छ । उक्त सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीका अनुसार चौमासिक रुपमा सो भत्ता विभागले स्थानीय तहको वडा कार्यालयमार्फत वितरण गरेको हो ।
सरकारले ज्येष्ठ नागरिक, एकल महिला र विधवालाई रु एक हजार, पूर्ण आपङ्गता र लोपोन्मुख आदिवासीलाई रु दुई हजार, आंशिक आपङ्गतालाई रु ६०० र बालबालिकालाई रु चार सय दिँदै आएको छ । अन्तिम चौमासिकको चैत, वैशाख जेठ र असारको सामाजिक भत्ता वितरण गर्न बाँकी रहेको बताउनुभयो । अर्थमन्त्रालयबाट रु एक अर्ब रकम आउन बाँकी रहेको सुवेदीले बताउनुभयो । विभागले आव २०७१÷७२ मा २१ लाख ६० हजार ५७६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।
मनमोहन अधिकारी प्रधानमन्त्री भएका बखत विसं २०५२ साल साउन १ गतदेखि ज्येष्ठ नागरिक र एक महिलालाई सामाजिक भत्ता विवरण गर्ने कार्य सुरु गरिएको हो ।
प्रतिक्रिया