राष्ट्रपति ट्रम्पलाई ओबामा केयर (बिमा) भालुको कन्पट ,आज मतदान को फैशला हुने

इनेप्लिज २०७३ चैत ११ गते १२:१३ मा प्रकाशित

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओबामा केयर (बिमा) भालुको कन्पट भएको छ l चुनावी अभियान देखि नै सशक्त रुपमा ट्रम्पले उग्र रुपमा बिरोध गर्दै आएको ओबामा स्वास्थ्य बिमा अहिले आएर गम्भीर बिषय बनेको छ l

सिनेटमा बहुमत तथा संसदमा पनि बहुमत भएता पनि ओबामा केयर (बिमा)लाई हटाउन उनलाई पसिना निक्लेको छ l ओबामा केयर हटाउने उनको प्रमुख मुद्धा रहेको र यसलाई नै भजाएर चुनाव जितेका ट्रम्प लाई अहिले यो खानु न ओकल्नु भएको छ l उनले अमेरिकन जनतालाई यो स्वास्थ्य बिमाको अनेकौ खोट देखाउदै आफ्ना पक्षमा मतदान गर्न आब्हान गरे पछि जनताले उनलाई बिजयी बनाए l तर अहिले उनकै दलका संसद र सिनेटले उनका प्रस्तावलाई अस्विकार गरेका छन् l गत मार्च २३ मा हुनु पर्ने मतदानलाई आज मार्च २४ तारिख सारिएको छ l

राष्ट्रपति ट्रम्प र रिपब्लिकन दल ले सवै सफल बनाउन कुनै उपाय बाकी राखेका छैनन तथापी हिजो सम्मको मत गणना मा अझ पनि मतदानमा बिजयी हुने छाट देखिएको छैन l रिपब्लिकन कै ३० भन्दा ज्यादा सदस्यहरु विपक्षमा रहेकोले उनलाई ठुलो धक्का लागेको छ l

रिपब्लिकनहरुले आज मतदान को फैशला हुने बताएका छन् भने आज मार्च २४ तारिख दिउसो ओबामा केएर रहने या नरहने भएको छ l पारित भयो भने राष्ट्रपति डोनाल्डको पहिलो ऐतिहासिक जित हुने छ भने हार भएमा उनलाई अर्को ठुलो धक्का पक्का लाग्ने छ l र उनले यसलाई सफल बनाउन आफै ठुलो प्रयास गरि रहेका छन् l

प्रतिक्रिया