स्वास्थ्य सेवा बिधेयक मतदान फिर्ता ,ट्रम्पलाई अर्को ठूलो धक्का

इनेप्लिज २०७३ चैत ११ गते २१:३७ मा प्रकाशित

मार्च २४ ,राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अन्तिम समयमा स्वास्थ्य सेवा बिधेयक (ओबामा केयर)लाई मतदान प्रकिया बाट फिर्ता लिएका छन् l उनले सभामुख पाउल रायनलाई ओबामा केयर बिमा योजना फिर्ता लिन लगाए। अन्तिम समय सम्म सम्पूर्ण प्रयास गरेता पनि सफलता हासिल पाउन नसके पछि अन्त्यमा त्यो बिधेयक निकालेका हुन् l

राष्ट्रपति ट्रम्पले रायनले कडा परिश्रम गरेकोमा धन्यवाद दिदै ओबामा केयर बिष्फोट हुने बताए l र अब अन्य कर सुधार बिधेयकमा जाने संकेत दिएका छन् l उनलाई यो स्वास्थ्य सेवा बिधेयक पारित नहुदा ठुलो धक्का लागेको छ l र डेमोक्रेटिक दलले धोका दिएको समेत आरोप लगाएका छन् l

रिपब्लिकन तथा ट्रम्प को मुख्य चुनावी नारा नै ओबामा केयर खारेजी र प्रतिस्थापन गर्ने रहेको थियो l ट्रम्पले आफुले कार्यभार सम्हालेको भोलि नै ओबामा केयर हटाउने भनेका थिए l

चुनावी अभियान देखि नै सशक्त रुपमा उग्र बिरोध गर्दै आएको ओबामा स्वास्थ्य बिमा खराब र अमेरिकन जनतालाई ज्यादा भार परेको पटक पटक भन्दै मतदाता लाई आफु तर्फ तानेका थिए l

सिनेट तथा संसदमा पनि बहुमत भएता पनि ओबामा केयर (बिमा)लाई हटाउन र रिपब्लिकन का २ सय १५ मत हासिल गर्न नसकेको कारण उनले आज फिर्ता लिन बाध्य भएका हुन् l

सभामुखले अझ मेहनत गर्ने र अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् l यसै गरि डेमोक्रेटिक दल कि अल्पमत कि नेता न्यान्सी पेलोसीले यो जित अमेरिकन जनताको लागि राम्रो भएको बताईन भने अन्य नेताहरुले रिपब्लिकन ले गफ दिन छोड्नु पर्ने कुरा राखे l

ओबामा केयर हटाउने उनको प्रमुख मुद्धा रहेको र यसलाई नै भजाएर चुनाव जितेका ट्रम्पको घाटीमा हाड अड्किएको जस्तै भएको छ l अस्थाई रुपमा अहिले लाई टरेर गएको भएता पनि उनले आफ्नै दलका सांसद हरुको मन जिते भने पुन : पासा पल्टन पनि सक्ने हुन्छ l

उनकै दलका संसद र सिनेटले उनका प्रस्तावलाई अस्विकार गरेका छन् l गत मार्च २३ मा हुनु पर्ने मतदानलाई मार्च २४ तारिख दिउसो मतदान हुने भनेता पनि अन्तिममा पार नलाग्ने भए पछि हात निकालिएको थियो l

प्रतिक्रिया