अमेरिकामा नेपाली महिलाहरुका बिद्धमान अवसर र चुनौतीहरु

इनेप्लिज २०७३ चैत १३ गते २२:५० मा प्रकाशित

आप्रवासीहरुको देश भनेर चिनिने संयुक्त राज्य अमेरिकामा दिनहुँ जसो नेपाली परिवारहरु भित्रिइरहेका पाईन्छन । डिवी लोटरी बाट, लामो समय देखी परिवार अमेरिकामा बसोबास गरेको कारणबाट, विद्यार्थी बनेर वा अन्य बिभिन्न तरिकाले नेपाली परिवारहरु अमेरिका आउने र बसोबास गर्ने गरेका छन।

ल्याण्ड अफ अपरच्युट्युनिटि भनी चिनिने अमेरिका प्रवेश गर्न प्रबेशआज्ञा आवेदन भर्ने संख्याका आधारमा भन्ने हो भने ठुलै संख्यामा नेपाली जन अमेरिका आउन उत्सुक देखिन्छ। तर अमेरिका प्रबेश गर्ने विद्यार्थी संख्या र नेपाल फर्किएर जाने विद्यार्थी संख्या हेर्ने हो भने नेपाल फर्किनु भन्दा अमेरिकामै बसोबास गर्न चहेको यकिन गर्न सकिन्छ।

यस् लेखमा भने लेखिकाले अमेरिकामा बसोबास गर्न आउने नेपाली महिलाहरुका लागि बिद्धमान अवसर र चुनौतीहरुको बारेमा आफ्नो बिचार ब्यक्त गर्नु भएको छ।

नेपाली समाजमा बिद्धमान पित्रीसत्तात्मक कानूनी अवस्था र पुरुष प्रधान सामाजिक पारीवेशमा हुर्किएर एक्किशौ सताब्दीको अमेरिकामा आउँदा सबैभन्दा फरक अनुभव हुने पहिलो बिषय हो स्वतन्त्रता । महिला र पुरुष सामाजिक र कानूनी रुपमा समान देखिनु अमेरिकामा नयाँ बिषय होइन। यहाँ शिक्षा, रोजगार, विवाह, परिवार, र सम्पत्तिमा महिला र पुरुष बिच समान अधिकार र अवसरहरु संरक्षित र उपलब्ध छन। कानूनद्वारा समान ब्यवहार गरिने हुनाले अमेरिकामा महिलाहरु नेपालको दाँजोमा बढी स्वतन्त्र महसूस गर्दछन।

तर अमेरिकामा स्वतन्त्रतालाई संविधानमा नागरिक अधिकार को रुपमा संरक्षण गरिएता पनि राज्य सरकारहरुलाई स्वतन्त्रताको नागरिक अधिकारलाई सार्वजनिक हितको लागि संकुचित पार्न वा अंकुश लगाउन सक्ने अधिकार दिइएको हुन्छ। जस्ले गर्दा राज्यहरुमा फरक स्वतन्त्रताका मापदण्डहरु रहेका हुन्छन। उदाहरणका लागि जती बेला अमेरिकाको जोरजिया राज्यमा महिलाले स्वइच्छाले गर्भपतन गराउन पाउँथिनन, त्यही समयमा टेक्सास राज्यमा कुनै पनि कारणले महिलाले गर्भपतन गराउनु कानुनी हत्या मानिन्थ्यो।

हाल यो बिषय अमेरिकाको सर्बोच्च अदालतले सन १९७३ मा बोलिसकेको बिषय हुनाले अमेरिका भरी समान कानूनका रूपमा लागु छ जस्मा नेपालमा जस्तै महिलाले आठ हफ्ता सम्मको गर्भ स्वइच्छाले गर्भपतन गर्न पाउँछिन।

स्वतन्त्रताकै परीधी भित्र पर्ने अर्को बिषय रोजगार स्वतन्त्रता हो। नेपाली महिलाहरुलाई सिप सिक्ने र सिप अनुसारको रोजगार अनी ज्यला पाउने पूर्ण स्वतन्त्रता रहेको छ। बजार माग र सिप भएका महिलाहरुको अनुभव मिल्ने थुप्रै अवसरहरु रहेको देख्न सकिन्छ। मेडिकल डाक्टर, कानून व्यवसायी ,राजनैतीक पदहरु, प्राध्यापक, रंगकर्मी र श्रमिकका रुपमा महिलाहरु अमेरिकी समाजको अंग बनेको देख्न सकिन्छ।

प्रतिनिधत्वको हिसाबले कम भएता पनि अमेरिकामा रहेको महिलाको उपस्थितीको हिसाबले लगभग सवै महिलाहरुले रोजगारको अवसर पाएका हुन्छन। तर रोजगारमा संलग्न महिलाहरुले यौनिक, जातिय र सामाजिक बिभेद र बहिस्कारको सामना गरेका उदाहरणहरु पनि छन।

बलात्कार र हिंसाको सिकार हुनु अमेरिकी समाजका महिलाहरुको लागि पनि नौलो कुरा होइन। तसर्थ अमेरिका भन्ने बितिक्कै राम्रै राम्रो भन्ने सोच छ भने त्यस्तो सोच बादलेर मात्र अमेरिकामा बसोबास गर्न सुझाव दिनु सही हो भन्ने लेखिकाको बुझाई रहेको छ ।
लेखिका ,साधना घिमिरे भेटुवाल :

हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने साधना घिमिरे भेटुवाल वरिष्ठ मानव अधिकारकर्मी काठमाडौँ निवासी हुन् l काठमाडौँ स्कुल अफ ल (काठमाडौँ कानुन शिक्षालय )बाट मानव अधिकार तथा लिङ्ग न्यायमा स्नातकोत्तरमा स्वर्ण पदक प्राप्त गरेकी छिन् l

मानव अधिकार सम्बन्धि लामो समय देखि संलग्न हुदै आएकी घिमिरेले नेदरल्याण्डबाट अन्तर राष्ट्रिय कानुन तथा दिगो विकासमा पनि स्नातकोत्तर गरेकी छिन् l

मानब अधिकारबादी घिमिरे सयुक्त राष्ट्र संघ विकास कार्यक्रमको द्वन्द रोकथाम कार्यक्रमको टोलि प्रमुख समेत काम गरेको उनि संग अनुभव छ l

प्रतिक्रिया