नम्रता भन्छिन्, ‘ब्वाइफ्रेण्ड थियो तर, सेक्स गरिएन’

इनेप्लिज २०७३ चैत १६ गते १४:१८ मा प्रकाशित

फेसन डिजाइनर तथा मोडल नम्रता योगी अब नायिकाका रुपमा पनि देखिँदैछिन् । विभिन्न बिज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गर्दैै आएकी नम्रता चलचित्र क्षेत्रमा प्रवेश भएकी छन् । उनले तीनवटा चलचित्रमा अभिनय गरेकी छन् । जुन अब रिलिजको तयारीमा छन् । नवनायिका नम्रतासँग दैनिक नेपालको अन्तरंग कुराकानी :

के मा ब्यस्त हुनुहुन्छ ?

हिजो–आज विज्ञापनको अभिनयमा व्यस्त छु ।

तपाईं त फेसन डिजाइनर कसरी अभिनय र चलचित्र क्षेत्रमा आउनुभयो ?

काम गर्दै जाँदा अभिनय र फेसन डिजाइनको क्षेत्र एक अर्कासंग सम्बन्धित भएर होला ।

अहिलेसम्म कतिवटा चलचित्रमा अभिनय गर्नुभएको छ ?

तीनवटा चलचित्रमा अभिनय गरेकी छु । तीनवटै चलचित्र रिलिज भइसकेको अवस्था छैन, तयारीमा छन् ।

कुन–कुन चलचित्र हुन् ?

नशा, प्रेम दिवस र निरसी ।

तीनमध्ये कुन चलचित्र हिट होला जस्तौ लाग्छ तपाईंलाई ?

त्यो मैले भनेर हुँदैन । दर्शकले पछि आफै भन्ने कुरा हो ।

बिहे गर्ने उमेर पनि भइसक्यो, घरबाट बिहे गर्ने दबाव आउँदैन ?

आउँछ, तर अहिले नै विहे गर्ने मुडमा छैन ।

ब्वाइफ्रेण्ड त होलान नि ?

हे, हे, नढाँटी भन्नुपर्दा डेढ बर्ष अघिसम्म म प्रेममा थिएँ । अहिले भने छैन । ‘ब्रेकअप’ भइसक्यो ।

त्यसो भए, सेक्स अनुभव लिइसक्नुभएको होला है ?

छैन्, त्यस्तो ।

कुन विवाह गर्ने इच्छा छ, मागी विवाह वा प्रेम विवाह ?

हेरौं, समय परिस्थितिले कता डोर्याउँछ । अहिले नै भन्न सकिँदैन ।

तपाईंलाई मन पर्ने एक नायक र एक नायिकाको नाम लिनुपर्दा कसको नाम लिनुहुन्छ ?

नायक अर्पण थापा र नायिका नम्रता श्रेष्ठ ।

आफ्नै नामसँग मिल्ने भएर हो कि ?

हेहेहे.. होइन् त्यस्तो । उहाँ मलाई मन पर्नु हुन्छ । अरु पनि छन् ।

तपाईं कथाले मागेअनुसारको अभिनय गर्न सक्नुहुन्छ ?

सक्छु ।

त्यसो भए कथाले मागेको खण्डमा के के गर्न तयार हुनुहुन्छ ?

सबै सिनका लागि तयार छु, तर, भल्गर लाग्ने किसिमको भने दिँदैन ।

तपाईंलाई मन पर्ने मौसम कुन हो ?

मलाई गर्मी मन पर्छ ।

अनि पहिरन चाँहि ?

गर्मी मौसममा प्राय छोटो पहिरन लगाउनुपर्ने हुन्छ । त्यसैले मलाई छोटो पहिरन मन पर्छ ।

दैनिक नेपालका अंकुश कुँवरसँगको कुराकानी

प्रतिक्रिया