नेपालमा औद्योगिक क्रान्तिको ८ दशक ऐतिहासिक फोटो प्रदर्शनी अभियानको शुभारम्भ

इनेप्लिज २०७३ चैत २० गते १५:४३ मा प्रकाशित

चैत्र २० गते, काठमाडौं । नेपालको पहिलो उद्योग विराटनगर जुटमिल स्थापना भएको दिनलाई आधार मानेर नेपाल सरकारले मंसिर ९ गतेलाई उद्योग दिवसकारुपमा मनाउन घोषणा भएको छ । नेपालमा उद्योग स्थापना भएको ८ दशक लामो ऐतिहासिक पृष्ठभूमिलाई समेटेर सांस्कृतिक संग्रहालय नेपालले आंउदो २०७४साल मंसिर ९ गतेदेखि १३ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौंमा “नेपालमा औद्योगिक क्रान्तिको ८ दशक ऐतिहासिक फोटो प्रदर्शनी आयोजनागर्न लागेको छ । यसै कार्यक्रमको तस्बिर व्यानरमा माननीय उद्योग मन्त्री श्री नविन्द्रराज जोशीबाट हस्ताक्षर गर्नु भई अभियानको शुभारम्भ गर्नु भयो ।


यस संग्रहालयले नेपालको उद्योग विकासको पृष्ठभूमि, पहिलो उद्योग र यसको स्थापनाको चुनौती, औद्योगिक गतिविधि, मजदुर आन्दोलन, प्रजातन्त्र वहालीमाविराटनगर जुटमिलको योगदान र आधा दशक पार गरिसकेका उद्योगहरुका बारेमा सूचना र जानकारी संकलनका साथै डिजिटलाइज्ड अभिलेख तयारीको थालनीगरी सकेको छ । यसरी संकलित सूचना तथा जानकारीलाई फोटो प्रदर्शनीका माध्यमबाट उजागर गरी मुलुकको औद्योगिक क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्न मद्दतपुग्नेछ भन्ने विश्वास गरिएको छ ।
साथै यस ऐतिहासिक अभियानको सफलताका लागि नेपालका उद्योग तथा सञ्चार जगतबाट सहयोग तथा सुझावको यस संग्रहालय आशा गर्दछ ।

फोटो क्याप्सनः
१. फोटो ब्यानरमा हस्तारक्षर गर्नु हुदैं माननीय उद्योग मन्त्री नविन्द्रराज जोशी ।
२. फोटो ब्यानरका साथमा माननीय उद्योग मन्त्री नबिन्द्रराज जोशी तथा संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठ ।

कुमार श्रेष्ठ
महासचिव

मितिः २०७३.१२.२० गते, आइतवार

प्रतिक्रिया