मंगलबार, जेठ १६ २०७४ | Tue, May 30, 2017
नेपालको समय: १३:०७ | Washington DC: 03:22

अमेरिकाको म्यारिल्याण्डमा अनल स्मृती बास्केटबल प्रतियोगिता सम्पन्न

खेम भट्टचन, वाशिंगटन डिसी

अमेरिकाको म्यारिल्याण्ड राज्यमा दोश्रो अनल स्मृती बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। अमेरिकाको सडक दुर्घंटनामा दुखद निधन भएका नेपालको पुर्ब बुढानिलकण्ठ बोर्डिंग स्कुलका बिद्यार्थी अनल पाण्डेको स्मृतीमा आयोजित यो दोश्रो बास्केटबल प्रतियोगिता हो।

अमेरिकामा सक्रिय “Nepal Sports & Cultural International, USA” ले प्रतियोगिता आयोजना गरेको हो।

म्यारिल्याण्डको गेथेस्बर्ग हाईस्कुलको कभर्ड हलमा आयोजित बास्केटबल प्रतियोगितामा ४ टिमले भाग लिएका थिए। बिजयी टिमका खेलाडीहरुलाई कान्तिपुर पब्लिकेशनका पहिलो सम्पादक योगेश उपाध्यायले शिल्ड, ट्रफी, तक्मा र प्रमाणपत्र  वितरण गरेका थिए। त्यस्तै, दोश्रा भएको टिमलाई स्पोर्ट्स एण्ड कल्चरल ईन्टरनेशनल यु० एस० ए० का अध्यक्ष सिता पाण्डेले
ट्रफी र प्रमाणपत्र वितरण गरेकी थिईन। तेश्रो टिम Howard University लाई पनि संस्थाका महासचिब केमिका भण्डारी र अध्यक्ष सिता पाण्डेले प्रमाणपत्र वितरण गरेका थिए। पुरुष्कार वितरण समारोह आयोजक संस्थाका ऊपाध्यक्ष मिलन राईले संचालन गरेका थिए।

हेर्दा अफ्रिकन-अमेरिकन जस्ता देखिने अमेरिकन नागरिकहरुको 6 GOLD FINESSE SQUAD नाम गरेको टिम संग बहुतै प्रतिस्पर्धा भएर सिर्फ २ नम्बरले पराजित भएको नेपाली टिम म्याग्दी समाज यु० एस० ए० का खेलाडीहरु यसप्रकार थिए :

१) लोकेश छन्त्याल – टिम क्याप्टेन ( म्याग्दी – गुर्जा ),
२) प्रेम सि ० के० – ( म्याग्दी – बेनीबजार ),
३) भबिर थापा ( बेनी )
४) स्वोरुप थापा ( बेनी )
५) बिकाश छन्त्याल ( कुईने ),
६) सनम सेरपुन्जा ( कोटगाउँ ),
७) दिपेन्द्र छन्त्याल ( लाम्बेला ),
८) खेगेंद्र छन्त्याल ( म्याग्दी गुर्जा ),
९) टिम मेनेजर अध्यक्ष अमर छन्त्याल ( म्याग्दी गुर्जा ).

२०७३ चैत ३० गते ११:०३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी