बुधबार, असोज ४ २०७४ | Wed, September 20, 2017
नेपालको समय: २२:११ | Washington DC: 12:26

अमेरिका द्वारा अफगानिस्तानका आईएसआईएसका सुरुङ्गमार्ग मा सर्बाधिक शक्तिशाली बम प्रहार

अमेरिकाले मदर अफ अल बम्स ” सवै बम को आमा नामाकरण गरिएको सर्बाधिक शक्तिशाली बम प्रहार प्रहार आज अफगानिस्तानमा प्रहार गरेको छ l पाकिस्तान र अफगानिस्तान सीमा क्षेत्र नंगरहार प्रान्तमा गैर परमाणु बम गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् l

आधिकारिक रुपमा जीबियु -४३ बि नामक उक्त बम ले ११ टन सम्म को विस्फोटक निकाल्ने क्षमताको रहेको छ l पेन्टागनले कति क्षति भयो भन्ने अहिले अनुमान गर्न नसक्ने बताएको छ l

गैर परमाणु बम आज स्थानीय समय ७ बजेर ३२ मिनेटमा आईएसआईएसले उपयोग गरेको सुरगंमार्ग ध्वस्त पार्न उक्त बम प्रहार गरिएको छ । उक्त बम ३० फिट लामो रहेको तथा २१ हजार ६ सय पाउण्ड तौल रहेको थियो l

पेन्टागनका प्रवक्ता एडम स्टम्पक अनुसार उक्त बम एमसी १३० जहाजवाट झारिएको जानकारी दिएका छन् । सन् २००२ मा बनाएको उक्त बम सन् २००३ मा प्रयोग गर्न वैधता माथि समिक्षा गरेको थियो l

बिहिबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अर्को सफलता हो भनेका छन् भने व्हाइट हाउसमा पनि पत्रकार सम्मेलन गरिएको छ l

२०७३ चैत ३१ गते २३:०८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी