नयाँ वर्ष

इनेप्लिज २०७३ चैत ३१ गते २३:२० मा प्रकाशित

बिन्ती गर्छु हे ईश्वर यस्तो बनोस नयाँ वर्ष
पोल्टा भरी राख्न पाइयोस् संगालेर खुशी हर्ष
ग्रह सबै शान्त होउन अमन चयन छाईरहोस
जहा बसेनी नेपाली ले खुशी को गीत गाइरहोस

अन्न फ़ली खेतबारी मा लटरम्म भईदिओस
एक आपस को बैर भाब मनै बाट गइदिओस
हाम्रै देशमा बिकाशका अपार ढोका खुलिदिउन
बिदेसिएका युबा फर्की आफ्नै देशमा भुलिदिउन

गाउँ का गरिब नारी लाई बोक्सी भन्दै नकुटिओस
भर्खर का युवती को अस्मिता लाई नलुटिओस
बिधवा ले मन्दिर पस्दा कोहि सुनपानी नछरोस है
थोरै दाइजो ल्याएको निहुमा चेली जल्न नपरोस है

भोकमरी ले दूरदराज मा कोहि को प्राण न जावोस है
धारा छोएको निहु मा कठै कोहि ले गाली न खावोस है
सबै समान हुन सकुन् ठुला देखि साना सम्म
दुई छाक चुल्हो बलोस हजुर खर ले छाएका छाना सम्म

यो मधिसे त्यो पहाडी कोहि ले अब नगरुन है
आन्दोलन का नाम मा अब कोहि नेपाली नमरुन है
गणतन्त्र लोकतन्त्र को अनुभुती हुन सकोस
जसको सरकार बने पनी जनता को मन छुन सकोस

संसार भरी छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बैनी हरुमा नयाँवर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना ??

प्रतिक्रिया